Peoples News : सर्वोच्च अदालतमा आगजनी गर्ने दुईजना पक्राउ परेका छन्। झापाको भद्रपुर १ घर भएका ज्योति थापा घताने र ललितपुरको महालक्ष्मीस्थान ५ घर भएका ब्राउन भन्ने सुशील श्रेष्ठलाई जिल्ला प्रहरी परिसर, काठमाडौंले पक्राउ गरेको हो । उनीविरुद्ध आपराधिक उपद्रव मुद्दामा सात दिन थुनामा राख्न म्याद लिइएको एसपी पवन भट्टराईले बताए। सो घटनामा संलग्न अन्य व्यक्तिहरूको खोजी भइरहेको प्रहरीले जनाएको छ। आगजनी र तोडफोड गर्नेमाथि कारबाहीको माग गरी सर्वोच्च, विशेष तथा जिल्ला अदालतले काठमाडौं परिसरमा जाहेरी दिएका छन्।