People’s News : ३० वर्षपछि विश्व कस्तो होला भन्ने अनुमान लगाउन सकिन्छ ? सन् १९९५ मा टुमरोज वर्ल्ड नामको कार्यक्रमको एक भागमा ३० वर्षपछि सन् २०२५ मा विश्व कस्तो होला भन्ने अनुमान लगाइएको थियो । अहिले बन्द भइसकेको त्यो कार्यक्रममा त्यो समयका सबैभन्दा प्रख्यात वैज्ञानिकमध्ये एक प्रोफेसर स्टेफन हकिङले अनुमान लगाएका थिए, “सन् २०२५ सम्ममा विशाल परिवर्तनहरू हुने हामी अपेक्षा राख्न सक्छौँ । कार्यक्रम टोलीले त्यसमा सहमति जनाउँदै होलोग्राम सर्जरीदेखि अन्तरिक्षमा जम्मा भएको फोहोर सोस्ने जेलसम्म संसार हल्लाउने कुरा हुनेछन् भन्ने अनुमान लगाए । हेरौँ न त केही विशेषज्ञको मद्दत लिएर टुमरोज वर्ल्डले तीन दशकपछिको आजको विश्वबारे गरेको अनुमान कति सफल हुन पुग्यो।
सन् २००५ को ‘साइबरस्पेस झगडा’ ;
तस्बिरको क्याप्शन,वित्तिय बजारलाई लिएर दङ्गाहरू हुने अनुमान कार्यक्रमले गरेको थियो सन् १९९५ मा वर्ल्ड वाइड वेबको दायरा निकै विस्तृत भइरहेको थियो – टुमरोज वर्ल्डले त्यो विकासले भविष्यमा समस्या ल्याउनेछ भन्ने सोचेको थियो । उनीहरूले अनुमान लगाएका थिए कि व्यावसाय क्षेत्रका दिग्गज र ब्याङ्कहरूले सन् २००० सम्ममा इन्टरनेट नियन्त्रणमा लिनेछन् । उनीहरूले एउटा सुपरनेट स्थापना गर्नेछन् जसमाथिको पहुँच नियन्त्रित गर्न सक्नेछन् । त्यसले गर्दा ह्याक, भाइरस र दङ्गालाई बढावा मिल्नेछ ।
भयो के ? –इन्टरनेट अधिकांश खुला रहिरहेको छ । त्यसका कारण खासै दङ्गा भएको छैन । तर ह्याकरहरूले धेरै मानिसलाई दुख दिएको बारे भने कुनै सन्देह छैन । एउटा कुरा जसको कार्यक्रममा भविष्यवाणी गरिएको थिएन त्यो थियो उत्तर कोरिया जस्ता राष्ट्रको राज्य स्तरीय ह्याकरको भूमिका । साइबरसेक्युरिटी सुरक्षा सरकार तथा कम्पनीका लागि असाध्यै महत्त्वपूर्ण छ र ब्याङ्कबारे शङ्का प्रकट गर्नेहरूले बिटकोइन जस्ता क्रिप्टोकरेन्सीको समर्थन गरेका छन् ।
एस्टेरोइड खानी उत्खनन र अन्तरिक्षको फोहोर सोस्ने जेल : कार्यक्रममा अन्तरिक्षको खानी उत्खनन असाध्यै फाइदा दिने उद्योग बन्न जाने अनुमान लगाइएको थियो । कम्पनीहरूले पृथ्वीको नजिक रहेका एस्टेरोइडहरूको उत्खनन गरेर मूल्यवान धातु निकाल्नेछन् भनिएको थियो । कार्यक्रममा अन्तरिक्षको फोहोर धेरै हुनेछ र त्यसले ल्याउने समस्याका कारण अन्तरिक्ष यात्रीको सुरक्षामा समस्या हुनेछ भनिएको थियो । जबाफमा विशाल फोम जेलले फोहोर सोस्न सक्छ भनिएको थियो ।
भयो के ? –अहिलेसम्म त्यस्तो सुपर जेल त बनेको छैन तर अन्तरिक्षको फोहोरको समस्या चरम छ । अहिलेसम्म अन्तरिक्ष खानी उद्योग पनि छैन तर पछि त्यस्तो अवस्थामा परिवर्तन आउन सक्छ । भविष्यवादी टम चीजराइट हाम्रो धर्ती बाहिरको खानी उत्खननबारे आशावादी छन् । उनी भन्छन्, “हामीसँग पैसा कमाउने धेरै सम्भावनाहरू छन् र प्रविधि सम्पूर्ण रूपमा हाम्रो नियन्त्रणमै छ ।
सुपर सर्जन र उनीहरूको रोबोटहरू :
तस्बिरको क्याप्शन,टुमरोज वर्ल्डले बिरामीहरूको उपचार अन्तै कुनै ठाउँमा रहेको शल्यचिकित्सकले सञ्चालन गरेर रोबोटहरूले गर्ने ठानेको थियो टुमोरोज वर्ल्डको एउटा भविष्यवाणी यस्तो थियो: सन् २००४ सम्म यूकेका सबै अस्पतालमा सर्जनको सफलता दरको तालिका प्रकाशित गर्न एउटा कानुन पारित गरिनेछ । र उत्कृष्ट शल्यचिकित्सकहरू यसरी लोकप्रिय र धेरै पैसा तिरिनेहरू हुन्छन् कि उनीहरू बिरामीकहाँ जाने भन्ने हुनेछैन । त्यसको सट्टामा बिरामीहरूको होलोग्राम तस्बिर उनीहरूकहाँ पठाइनेछ र शल्यचिकित्सकहरूले विशेष पन्जा लगाएर शल्यक्रिया गर्नेछन् । बिरामी भएका ठाउँमा रोबोटहरूले डाक्टरको कामको दुरुस्त नक्कल गरेर शल्यक्रिया गर्नेछन् ।
भयो के –उनीहरूले ठ्याक्कै त मिलाएनन् तर रोबोटहरूले शल्यक्रियामा सहयोग गरिरहेका छन् ।
हावामा तैरिरहेको एउटा स्मार्ट स्पीकर :
तस्बिरको क्याप्शन,अलेक्सा ? सिरि ? गुगल ? त्यस्तो होइन कार्यक्रममा भविष्यको एउटा यस्तो व्यक्ति देखाइएको थियो जसले भीआर हेडसेट लगाइरहेका थिए । त्यसमा उनकी श्रीमतीलाई पनि देखाइएको थियो र त्यो स्थान आधुनिक लन्डन जस्तो देखिन्थ्यो । यो कार्यक्रमको एक हिस्सामा तैरिरहेको एकजना महिलाको टाउको स्मार्ट स्पीकर बाहिर निस्केर ती पुरुषलाई भन्छिन् कि इन्डो डिज्नेमा उनले बिदा मनाउन सुरु गरेको १ वर्ष पुगिसकेको छ । उनले एक ‘शटल लिएर ब्याङ्गलोर’मा बिदा मनाउन जान प्रोत्साहन गर्छिन् र त्यसो गर्न जम्मा ४० मिनेट लाग्नेछ भन्छिन् ।
भयो के –अल्ट्रा फास्ट यात्रा त परकै कुरा जस्तो लाग्छ तर होलोग्राम, स्मार्ट स्पीकर र भीआर हेडसेट झन् झन् बढी उपलब्ध भइरहेका छन्।
तपाईँको पाखुरामा राखेको माइक्रोचिप प्रयोग गरेर ब्याङ्किङ :
तस्बिरको क्याप्शन,तपाईँको पाखुरामा राखिएको चीपको प्रयोग गरेर पैसा झिक्नेबारे तपाईँलाई कस्तो लाग्छ ? कार्यक्रममा ब्याङ्किङको भविष्यको दृश्य देखाइएको थियो । एकजना महिला ब्याङ्कमा पुग्छिन् त्यहाँ कुनै पनि मान्छे हुँदैनन् उनी १०० यूरो मार्क निकाल्न खोज्छिन् ब्याङ्कले उनको पाखुरामा भएको चिप स्क्यान गरेर पैसा दिन्छ ।
भयो के –ब्याङ्किङ साँच्चिकै झन् झन् बढी स्वचालित भइरहेको छ । मानव शरीरको भित्र रहेको माइक्रोचिपबाट भुक्तानी गर्नु एक वास्तविकता बन्दै गएका छन् । ब्याङ्किङमा औँलाको छाप र अनुहारको स्क्यानको प्रयोग धेरै भइरहेको छ ।
कार्यक्रम प्रस्तोताहरूको संस्मरण :
तस्बिर स्रोत,GETTY IMAGES
तस्बिरको क्याप्शन, मन्टि डन एउटा परिचित अनुहार ३० वर्षअघि टुमोरोज वर्ल्डका एक प्रस्तोता थिए मन्टि डन ।उनले चलाएको कार्यक्रममा ब्रिटिश जङ्गलको ठूलो हिस्सा पुनर्जीवित हुने अनुमान गरिएको थियो । त्यसमा जेनेटिक इन्जिनियरिङ र बहुतले कृषि सुविधाको कुरा गरिएको थियो जसका कारण ब्राउन बेअर सहितका जनावर पुन: फर्किएको अनुमान गरिएको थियो । त्यसबारे उनले कार्यक्रममा उनको भागको विषयवस्तु ‘युटोपियन’ र ‘अनुभवहीन’ थियो भनेका छन् । आगामी ३० वर्षको बारे कुरा गर्दै उनी भन्छन्- अहिलेको युवा पुस्ता जलवायु परिवर्तनप्रति असाध्यै संवेदनशील छ र सन् २०५५ सम्ममा मानिसहरूले आफ्नो खाना आफैँ उमार्ने छन् । उनी थप्छन्- “टुमोरोज वर्ल्डले मानवले विभिन्न परिवर्तन गरेर विश्वमा सुधार ल्याउने अनुमान गरिएको थियो तर हामीले मानवको उत्पत्तिदेखि सिकेको कुरा के हो भने मानिसहरूले कुराहरू झन् बिगार्ने गरेका छन् । खासगरी वातावरणको सन्दर्भमा हामी प्रकृति सँगसँगै काम गर्नुपर्नेमा त्यसलाई परिवर्तन र नियन्त्रण गर्न खोज्छौँ ।
तस्बिरको क्याप्शन,सन् १९९५ को कार्यक्रममा ब्राउन बेअरबारे बोल्दै मन्टी डन कार्यक्रमको अर्की प्रस्तोता थिइन् र उनले औषधीबारेको कुराकानी प्रस्तुत गरेकी थिइन् । उनी त्यो फिल्म खिचेको कुरा खुसीसाथ सम्झन्छिन् र त्यो दिनको शुटिङको अनुभव बताउँछिन् । म हलचल नगरीकन बस्नु पर्ने थियो । मेरा आँखामा एउटा सानो क्यामेरा जडेको चस्मा लगाइएको थियो । तिनलाई मेरो अनुहारमा एउटा कालो टाँसिने बस्तुले टाँसिएको थियो । त्यो असाध्यै गर्मी दिन थियो र त्यो कालो पदार्थ मेरो अनुहारमा तल झर्न थाल्यो र म कतै हलचल गर्न नसक्ने अवस्थामा पुगेँ । मेक अप टीमका कोही आएर कटन वूलले सफा गरेर त्यो पुछ्नु परेको थियो । भिभिएन सन् २०१३ देखि जीनोमिक्स इङ्गल्यान्डसँग जोडिएकी छन् । उनी सन् १९९५ मा जीनोमिक सिक्वेन्सिङबारे गरेको भविष्यवाणी सत्य साबित भएका छन् । उनी अहिले जेनेटिक स्वास्थ्य अवस्थाको पहिचान र उपचारबारे गरिएको अनुसन्धानसँग सम्बद्ध छिन् ।
तस्बिरको क्याप्शन,सन् २०१३ देखि जीनोमिक्स इङ्गल्यान्डसँग जोडिएकी भिभिएन र उनको टोली सन् ११९९५ को कार्यक्रमका लागि सिर्जनशील हुनुपरेको थियो
अब ३० वर्षपछि सन् २०५५ मा विश्व कस्तो होला ? : भविष्यवादी ट्रेसी सन् १९९५ को कार्यक्रममा व्यक्त धेरै विचारहरू सही साबित भएको ठान्छिन् । तर त्यसमा दुई मुख्य कुरा छुटेका ठान्छिन् । ती हुन् ठूला प्रविधि विस्तार र सोसल मिडिया । उनी ठान्छिन्, “धेरै मानिसहरू सन् २०५५ सम्ममा संज्ञानात्मक रूपमा जोडिएका हुनेछन् – मानिस र प्रविधिका मस्तिष्कहरू सर्भर मार्फत् जोडिनेछन् र तिनले विचार शेअर गर्न मद्दत मिल्नेछ । ‘ब्रेनस्टोर्मिङ’ अर्थात् विचार मन्थन साँच्चिकै ‘ब्रेनस्टोर्मिङ’ नै हुनेछ जहाँ तपाईँले त्यसबारे सोच्दै कुनै आइडिया शेअर गर्न सक्नुहुनेछ । टम चीजराइट भन्ठान्छन् आगामी ३० वर्षको रोमाञ्चक सम्भावनाका विषय हुनेछन्: वस्तु विज्ञान र बायोइन्जिनियरिङ । वस्तुमा कुनै उपकरणको सिर्जना अझ बलियो हुनेछ हल्का र पातलो उपकरणहरूले संसार परिवर्तन गर्न सक्छन् । कडा नियमहरू सहितको बायोइन्जिनियरिङले औषधी विज्ञानमा विशाल परिवर्तन गर्नेछ जसले मानिसहरूले भोगिरहेका मुख्य समस्याहरू ‘डीकार्बोनाइजेशन, स्वच्छ पानी र खाना’को समस्या नियन्त्रण गर्न सक्नेछ ।
अब ३० वर्षपछि विश्व कस्तो हुनेछ भन्ने तपाईँ सोच्नुहुन्छ ? : तपाईँको जबाफ जे भए पनि प्रोफेसर हकिन्सले टुमोरोज वर्ल्डलाई भनेका कुरा सुन्न राम्रो हुनेछ: यी केही परिवर्तनहरू असाध्यै रोमाञ्चक छन् । र, केही चिन्ताजनक पनि एउटा कुरा हामी निश्चित रूपमा भन्न सक्छौँ कि परिवर्तन असाध्यै फरक किसिमको हुनेछ । र, शायद हामीले सोचेको जस्तो नहुन पनि सक्छ ।