सर्बोच्च अदालतको फैसलाबाट पहिलो पटक जनतामा छायो खुसि

पिपुल्स न्युज काठमाडौं । सर्वोच्च अदालतले योगराज ढकाल ‘रिगल’ लाई दिइएको आममाफी बदर गरेपछि निवेदक भारती शेर्पा भावविव्हल बनेकी छन् । फैसला सुनेलगत्तै उनी भक्कानिदै तल झरेकी थिइन् ।

डाँको छोडेर रोएकी उनलाई केही साथीले सम्हालेका छन् । ईश्वरप्रसाद खतिवडा, सपना मल्ल प्रधान र कुमार चुडालको पूर्ण इजलासले रिगललाई दिइएको आममाफी बदरको फैसला गरेको छ ।

२०७२ सालमा नेपालगञ्जमा चेतनलाई रिगलकै योजनामा खुँडा प्रहार गरी हत्या भएको भन्दै अदालतले दोषी ठहर गरेको थियो ।

पिपुल्स न्युज

Leave a Reply