दोषीलाई राज्यद्वारा सम्मान र दोषी ठहर नहुदै अपराधी

Loading

पिपुल्स न्युज : विगत लामो समययता फरार रहेका क्रिकेटर सन्दिप लामिछानेलाई पक्राउ गरेर सफलता हात पार्न सफल भएको निष्कर्ष नेपाल प्रहरीले निकालेको छ । आफुहरु सन्दिप लामिछानेलाई हत्कडी लगाउने पक्षमा नरहेको तर डिफ्युजन नोटिस जारी गर्दा सम्म पनि उनी फरार रहेकाले आफुहरुले बाध्यताले नै हत्कडी लगाएको एक जना पदाधिकारीले बताए । अहिले सर्वत्र रुपमा प्रहरीको कदमको बिरोध भएतापनि सन्दिप लामिछानेले समयमै आत्मसमर्पण नगरेकाले सो बाध्यतामा आफुहरु पुगेको पनि बताए ।

काठमाडौं बागबजारको एक कलेजमा अध्ययनरत नुवाकोट घर भइ पुरानो बानेश्वरमा हस्टेलमा बस्दै आएकी किशोरीले सन्दिप लामिछानेले २ पटक बलात्कार गरेको आरोप लगाएकी थिइन् । लामिछानेलाई अध्यागमन बिभागको कालो सूचीमा राखिएको थियो भने देशभर फरार सूचीमा राखी सिमा नाकामा कडाइ गरिएको थियो । सन्दिप लामिछाने सम्पर्कमा नआएपछि डिफ्युजन नोटिस पनि जारी गरिएको थियो ।

Leave a Comment