![]()
पिपुल्स न्युज काठमाडौँ — दुई वर्षदेखि काठमाडौं जिल्ला अदालतले फुटपाथमा राखेका सवारी साधन हटाएको छ । अदालत प्रशासनले सोमबार राति ती सवारी साधन हटाएको काठमाडौं महानगरपालिका ११ का वडाध्यक्ष हिरालाल तण्डुकारले बताए । अदालतले फुटपाथमा सवारीसाधन राखेर नियम मिचेको भन्दै बिभिन्न समाचार मध्यमले समाचार प्रकाशित गरेको थियो ।
यसै क्रममा वडाध्यक्ष तण्डुकारले भने,’ मैले अदालत प्रशासनलाई पहिल्यैदेखि नै हटाउन भन्दै आएको थिएँ तर अटेर गरि रहेका थिए । बालेनले अबैध संरचना हटाउने कसैलाई नछोड्ने समाचार प्रकाशित भएपछि अदालतका एक जना न्यायाधीशले पनि मलाई फोन गर्नुभएको थियो । हिजो राति ती सवारी साधन हटाइएको छ ।
ती बस र ट्रक दसीप्रमाणका रूपमा अदालतमा आएपछि ठाउँ नभएको भन्दै फुटपाथमै राखिएको थियो । काठमाडौं । मेयर बालेन शाहले एक्सन लिनु भन्दा पहिले जिल्ला अदालत काठमाडौंले अवैध संरचना खाली गरेको छ ।
दुई वर्षदेखि फुटपाथमा राखिएका सवारी साधन हटाइएको हो । काठमाडौं जिल्ला अदालतले दुई वर्षदेखि फुटपाथमा राखेका सवारी साधन अन्तत: हटाएको हो ।
अदालत प्रशासनले सोमबार राति ती सवारी साधन हटाएको थियो । काठमाडौं महानगरपालिका ११ का वडाध्यक्ष हिरालाल तण्डुकारले यसको पुष्टि गर्नुभयो । अदालतले फुटपाथमा सवारीसाधन राखेर नियम मिचेको समाचार प्रकाशित गरिएको थियो । वडाध्यक्ष तण्डुकारका अनुसार उहाँले अदालत प्रशासनलाई पहिल्यैदेखि नै हटाउन अनुरोध गर्दै आउनु भएको थियो ।
समाचार बाहिर आएपछि अदालतका एक जना न्यायाधीशले आफूसँग कुरा गरेको पनि उहाँले स्मरण गर्नुभयो । ती बस र ट्रक दसीप्रमाणका रूपमा अदालतमा आएका थिए, त्यसपछि ठाउँ नभएको भन्दै फुटपाथमै थुपारियो ।
काठमाडौं महानगरपालिकाका मेयर शाहले केही दिन पहिले जिल्ला अदालतको अवैध संरचना हटाउने चेतावनी दिनु भएको थियो । बीचमा अदालतले महानगरलाई नक्सा पनि पठाएको थियो ।
अवैध संरचना बनाउने कसैलाई छोड्दिन्, अदालतमा पनि डोजर चल्छ : मेयर बालेन