बहुल रास्ट्र, बहुल राष्ट्रियता, राज्य वा देश भन्नाले के बुझिन्छ ? : रोजन रखाल

Loading

 बहुल रास्ट्र, बहुल राष्ट्रियता, राज्य वा देश भन्नाले के बुझिन्छ ? यसको उत्पत्ति कहाँ बाट कसरि हुन्छ ? विषय प्रवेश गर्न चाहन्छु ।

नेपाली चलचित्रकर्मी रोजन रखालसंग गरिएको कुराकानी जस्ताको त्यस्तै : रास्ट्र , राज्य वा देश भन्नाले निश्चिति सिमा घेरा भित्र रहेको भूगोल लाइ जनाउँद छ र राष्ट्रियता भनेको त्यस भूगोल भित्र रहेको जाति, भाषा, धर्म, सस्कृति, रितिरिवाज र त्यहाँको पहिचान आदि पर्दछन् । यसको उत्पत्ति आदिम साम्यवादी युगमा भएको होत रु पक्कै पनि हैन । दाश युग हुँदै समाज जव सामन्तवादी युगमा प्रवेश गर्यो तव मात्र यो रास्ट्र, राष्ट्रियता, राज्य वा देश भन्ने वस्तुको उत्पत्ति भएको देखिन्छ ।

त्यसो हुँदा यहाँ संम्बन्धित, भूगोल नेपाल रास्ट्रको उत्पत्ति कसरि भयो रु यस वारेमा छोट्टो चर्चा गरौं । साम्राज्यवादी शासक पृथ्वीनारायण शाहले एकीकरणको नाममा स-साना स्वतन्त्र राज्य, देश वा रास्ट्रहरुलाइ छलछाम र धोकाढडिपुर्ण ढंगबाट कब्जा गरेर तिनको इतिहास नामिट गरि उनिहरुको अस्थित्व समाप्त गरिदियो जस्को कारण उनिहरु स्वाभिमानको रापले उनिहरु भित्र भित्रै जलिरहे त्यहि प्रतिश्वधको ज्वालाहरु उहिबेला देखी अहिले सम्म विभिन्न रुपमा प्रस्फुटन हुने गर्दछन् र गरिनै रहने छन् जुनबेला सम्म जनताले त्यस बाट मुक्तिको अनुभुति गर्दैनन् । चाहे त्यो पुर्वको ९ जिल्ला लिम्बुवान खुम्बुवानको कुरा गरौं वा तराई मधेसको मिथिला कोचिलाको कुरा गरौं वा नेवा र ताम्सालिङ्को ।

मगरात , तमुवाङको कुरा गरौं वा थारुवान र अखण्ड सुदुर्पश्चिम खसाङको । त्यो एकीकरणको उचित समिक्षा गरि कति सहि कति गलत भन्ने कोण बाट भएका कमिकमजोरिहरुलाइ राज्यको तर्फबाट क्षेमा याचना सहित सच्याउने र एकीकरणको उत्पीडन लाइ राजनीतिक बहस छलफल बाट उचित क्षेतिपुर्ति सहित समाधानको बाटो पहिल्याउनु नसक्नु वा हेपेर पेलेर ठिक पार्छु भन्ने अहिलेको शासकहरुको सोचको उपज यो विभिन्न अभिव्यक्तिहरु चाहे त्यो पुर्वको राइकिराँतको भन्नुस या सिकेरावत र राजेन्द्र महत्वको । कैलाली टीकापुर थारुहट आन्दोलनको भन्नुस् वा त्यो अखण्ड सुदुरपश्चिमको आन्दोलन । यो त एउटा प्रतिनिधिमुलक अभिव्यक्ति वा घटना मात्र हो ।

यदि अहिलेको शासकहरुले उचित ढंगबाट हल गर्ने बाटोमा सोचियनभने वा भनौं यसलाई हल्का रुपले लियो भने निकट भविस्यमा देश ठुलो दुर्घटना तिर जाने खतरा देखिन्छ । एकैछिन कल्पना गरौंकि राजेन्द्र महत्त्वलेझै देशै भरि बाट हिजाका अपमानजन र यातनापुर्ण ति एकीकरणको प्रतिशोधहरु पुर्व मेचीदेखि पश्चिम माहाकालि सम्मको जनताले एकसाथ विद्रोह गर्यो भने शासकहरुको हालत के हुन्छ रु के अहिलेका शासकहरुले यो सोचेका छन् रु हो उचित ढंगबाट गहिरो गरि समिक्षा गर्ने र सबै किसिमको उत्पीडनहरु बाट जनता लाइ मुक्त गर्नुनै यसको एक मात्र विकल्प हो । त्यसको लागि अहिलेको दलाल संसदीय पुजीवादी व्यवस्था ध्वस्त गरि जनताले चाहेको, अपन्वत्व सहित जनता स्वतन्त्र र समृद्ध हुने देश स्वाधीन र समृद्ध हुने । जहाँ कुनै किसिमको अन्याय अत्याचार, शोषन दमन र उत्पीडन हुने छैन ।

त्यो भनेको मानव समाजको एक मात्र उचतम् व्यवस्था बैज्ञानिक समाजवाद हो । त्यसैले समृद्ध नेपाल र नेपाली जनताको उज्ज्वल भविस्यको निम्ति प्रगतिशील राजनीतिकदल, देशभक्त बुद्धिजीवी, सेना, पुलिस कर्मव्यवस्थाचारी, आदिवासी (जनजाति, मधेसी, महिला, मुस्लिम , युवा , बिद्यार्थी ,दलित ,उत्पीडित वाहुन क्षेत्री र धार्मिक , जातीय, क्षेत्रीय , लिङ्गीय उत्पीडनको मुक्तिको लागि एक ढिक्का भइ बैज्ञानिक समाजवादको झन्डामुनि गोल वन्द हुन अपिल गर्दछु ।

Leave a Comment