![]()
पिपुल्स न्युज डटकम : महेश सिंह सिरहा लहान २६ पौष । नेपाल कम्युनिस्ट पार्टीकक सहिद कमरेड जय गोबिन्द साहको ३१ अाैं स्मृति सभा सम्पन्न भएको छ । प्रत्येक बर्ष पौष २५ गतेका दिन मनाउदै आएका छन । यो बर्ष दुईवटा मंञ्चमा कार्यक्रम मनाएका हुन् ।
सिरहा जिल्लाको कर्जनहा नगरपालिका- १० र ११ बस्तिपुर बजार र कर्जा बजारमा दुई ठाउँमा फरक – फरक मञ्चमा स्मृति सभा मनाएका छन् । नेपाल कम्युनिस्ट पार्टी ( नेकपा ) जिल्ला कमिटिको पहलमा क. जय गोबिन्द साहको ३१ अाैं स्मृति सभा सम्पन्न भएको हो । किसान अगुवा जय गोबिन्द साह बरहरा मिर्चैयामा जन्मिनु भएको थियो ।

कार्यक्रमको अध्यक्षता माओवादी जिल्ला सदस्य चन्देश्वर राउतले गरे भने कार्यक्रमको संचालन कुशेश्वर महतो ले गर्नु भएको थियो । महतो पार्टीको युवा तथा प्रभाव शालि नेता एंवम वरिष्ठ समाज सेबि हुन् । बिशिस्ट अतिथिमा पार्टीका युवा नेता फुल्गेन नायक लगायत हजारौं नेता कार्यकर्ताहरुको उपस्थिति रहेको थियो । २००६ सालमा कम्युनिस्ट को स्थापना भएको थियो । ४ जना बाट पार्टी बिस्तार भएको एक जना बक्ताले बताए ।
नेपाल कम्युनिस्ट पार्टी (नेकपा ) प्रदेश कमिटीका सदस्य तथा पुर्व सांमसद बिष्णु बहादुर तामाङले प्रमुख अतिथि रहनु भएको थियो । प्रमुख अतिथि तामाङका अनुसार दुबै पक्छ प्रतिगमन रहेको बताए र यो भाग भणडाको कारण र गुट बन्दि नमिले कै कारणले गर्दा देशमा बिटनडा मचेको तामाङले बताए ।
जनतालाई बिकासको गतिमा ल्याउनु पर्छ जनसमुदायमा अपिल गरेका थिए । कम्युनिस्ट बन्नु नितान्त जरुरी रहेको जनसमुदाय संग आग्रह थिए। सघिय लोकतान्त्रिक गणतन्त्र धरापमा रहेको बताए।आफु दुबै फुटको एकताको पक्छमा रहेको बताउनु भयो । बिकृति बिसंगतिको दुर गरेर मात्र देशमा सुदिकारण ल्याउनु पर्छ ।
सोही सभामा क. जय गोबिन्द साह बारे नेकपा को लागि गरेको उन्नति प्रगति बारे चर्चा गरेको थियो । जय गोबिन्द साहको बदोलत नेकापाको जन्म भएको थियो। जय गोबिन्द साह एक किसानको छोरा भएतापनी उनी देशको जनताको लागि विभिन्न बलिदान दिए र २०४६ साल पुस २५ गतेका दिन उनी स्वर्गवास हुनु भएको थियो । कार्यक्रममा स्थानीय तथा जिल्ला भरिबाट आएको मान्छेहरु को उपस्थित रहेको थियो ।