![]()
अमेरिकामा आपतकाल घोषणा गर्दै ट्रम्प : स्थिति झनै तनावग्रस्त हुँदै ।
रवीन्द्र ढुङ्गेल
संयुक्त राज्य अमेरिकाका प्रभावसाली राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकाको राजधानी वासिंटन डिसीमा जनवरी ११ देखि २४ सम्मका लागि आपतकालको घोषणा गरेका छन् । आजको ह्वाइट हाउस स्रोतका अनुसार राजधानी वासिंगटन डिसीमा २ हप्ताका लागि आपतकाल घोषणा गरिएको छ । ट्रम्पको यो निर्णयले नवनिर्वाचित राष्ट्रपति जो बाइडेनको जनवरी २० हुने सपथ समारोह प्रभावित हुने स्पष्ट छ ।
गएको साता संसद भवनमा भएको गम्भीर प्रकृतिको घटनामा राष्ट्रपति ट्रम्पको हात रहेको भन्दै महाअभियोग लगाउने तयारी भैरहेका बेला ट्रम्पले राजधानी वासिंगटन डिसीमा आपतकालको घोषणा गरेका हुन् । संसदमा डेमोक्रेटिक पार्टीका संसदहरुले उनीमाथि अविश्वासको प्रस्ताव दर्ता गरिसकेका छन् । आउँदो बुधबार त्यसबारे मतदान हुँदैछ । तर ट्रम्प भने निक्कै धेरै रणनीतिका साथ रहेको देखिन्छन् ।
