आज एकता दिवस “राजा आउ देश बचाउ” नारा सुन्न पूर्वराजा शाहको नेताहरुलाई आग्रह ।

Loading

आज एकता दिवस “राजा आउ देश बचाउ” नारा सुन्न पूर्वराजा शाहको नेताहरुलाई आग्रह ।

 

रवीन्द्र ढुङ्गेल 

 

पुस २७ अर्थात् आजकै दिन मनाउन लागिएको राष्ट्रिय एकता दिवसको अवसरमा पूर्वराजा समेत रहेका ज्ञानेन्द्र शाहले जनचाहनाअनुसार अगाडि बढ्न आफू तयार रहेको बताउनुभएको छ । राष्ट्र एकीकरणकर्ता पृथ्वीनारायण शाहको २ सय ९९ औं जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा श्रद्धास्मरण व्यक्त गर्न शुभकामना सन्देश जारी गर्दै उहाँले जनचाहना बमोजिम अघि बढ्नु शाहवंशीय राजपरम्पराको विशेषता भएको तथ्य सम्झना गराउँदै जनताको चाहना अनुसार सम्मान गर्ने बताउनुभएको हो ।

आजको भ्रष्ट राजनीतिक दलहरुभित्र बढदै गरेको राजनीतिक संकटबीच जारी ‘राजा आउ देश बचाउ’ को नारासहित भइरहेको प्रदर्शनका बेलामा पूर्वराजाले दिएको यो सन्देशले विशेष अर्थ बोकेको जानकारहरु बताउँछन् । पूर्वराजाको सन्देशमा अघि बढ्ने क्रममा देशको आवश्यकता र जनताको चाहना हुँदा शाहवंशीय राजाहरुले सक्रिय भूमिका मात्र निर्वाह गरेका छैनन्, संवैधानिक राजतन्त्रको मर्यादा अनुरुप व्यवहार पनि भएको उल्लेख गरिएको छ ।

देश र जनताको हित नै सर्वोपरी रहँदै आएको स्पष्ट पार्दै पूर्वराजा राजगद्दी त्याग्नेसम्मको उच्च साहस र इमान्दारीता देखाएको पनि स्पष्ट पार्नुभएको छ । उहाँले नेताहरु विदेशीको इशारामा चलेकोतर्फ सावधान गराउँदै सन्देशमा भन्नु भएको छ, ‘हाम्रो विचारमा राजनीति भन्नु नै देश सेवाको उच्चतम साधना हो । तर हामीले व्यहोरेको राजनीति कति इमानदार र राष्ट्रकेन्द्रीत छ, कति जनहित अनुकूल छ त्यसको समीक्षा हुन अब विलम्ब भैइसकेको छ ।’ पूर्वराजाले परिवर्तनका नाममा आफ्नो इतिहास, सभ्यता, धर्म, संस्कृति र एकता भत्काउँदै पराया इच्छा पूरा गर्ने अवान्छित क्रियाकलाप यहाँ भित्रिएको महशुस भइरहेको पनि उल्लेख गर्नुभएको छ ।

Leave a Comment