सर्वोच्चले निर्वाचनमा जान आग्रह गर्छ भने हामी जान तयार छौँ: काङ्ग्रेस नेता चन्द्र भण्डारी ।

Loading

सर्वोच्चले निर्वाचनमा जान आग्रह गर्छ भने हामी जान तयार छौँ: काङ्ग्रेस नेता चन्द्र भण्डारी ।

 

रवीन्द्र ढुङ्गेल

 

नेपालको दोस्रो ठुलो दल नेपाली कांग्रेसका प्रभावसाली नेता तथा केन्द्रीय सदस्य डा चन्द्र भण्डारीले संविधानको अन्तिम व्याख्या गर्ने सम्पूर्ण अधिकार सर्वोच्च अदालतलाई मात्रै रहेको बताउनुभएको छ ।

मुलुकको सर्वोच्च अदालतमा रहेको विचाराधीन मुद्दामाथि सडकबाट फैसला गर्न नहुने भन्दै उहाँले संसद् पुनःस्थापना हुनेनहुने सबै विषयमा सर्वोच्च अदालतले गरेको निर्णयलाई नै सबैले आत्मसाथ गर्नुपर्ने सिरोपर गर्नुपर्ने बताउनुभयो । भण्डारीले भन्नुभयो, “सर्वोच्चले जे व्याख्या गर्छ, त्यसलाई सबैले स्वीकार गर्नुपर्छ ।”

आज रिपोर्टर्स क्ल नेपालको लुम्बिनी प्रदेशले बुटवलमा आयोजना गरेको विशेष साक्षात्कार कार्यक्रममा केन्द्रिय सदस्य भण्डारीले सर्वोच्च अदालतमा विचाराधीन रहेको महत्त्वपूर्ण संवैधानिक विषयमा पूर्वप्रधानन्याधीशले बोल्नु पनि न्यायालयको लागि गलत भएको टिप्पणी गर्नुभयो ।

नेपाल जस्तो विधिको शासन र व्यवस्था भएको मुलुकमा त्यसप्रति विश्वास गर्नेले नै संसद् विघटनका बारेमा सर्वोच्च अदालतमा विचाराधीन अवस्थामा रहेका विषयमा बोल्नु अत्यन्तै गलत भएको उहाँको भनाइ छ ।

Leave a Comment