![]()
दुई मतमा विभाजन हुँदै काङ्ग्रेस , एकधार सरकारको समर्थनमा अर्को विरोधमा ।
रविन्द्र ढुङ्गेल
नेपालमा लामो इतिहास बोकेको नेपाली कांग्रेसले प्रतिनिधिसभा विघटनलगायतविरुद्ध ३३० प्रदेशसभा निर्वाचन क्षेत्रमा आज विरोध प्रदर्शन एवं सभा आयोजना गरेको छ । पार्टीका प्रभावसाली सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा, पार्टीका पदाधिकारीलगायत नेताहरुले विभिन्न प्रदेशसभा निर्वाचन क्षेत्रमा आयोजित प्रदर्शनमा सम्बोधन गरी प्रतिनिधिसभा विघटन गर्ने सरकारको कदम लोकतान्त्रिक मूल्य, मान्यता र संवैधानिक व्यवस्था प्रतिकूल भएको धारणा व्यक्त गर्नुभएको थियो ।
नेपाली कांग्रेसले सरकारद्वारा भएको प्रतिनिधिसभा विघटनविरुद्ध आगामी माघ ३ गते ७५३ पालिका र माघ ८ गते ७५३ पालिकाका छ हजार ७४३ वडामा विरोध प्रदर्शन एवं सभाको आयोजना गर्ने नेपाली काङ्ग्रेस पार्टी केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेल जानकारी दिनुभयो । ती उल्लिखित कार्यक्रमबाहेक पार्टीको जिल्लाले स्थानीय अवस्था र आवश्यकता हेरी विरोधका विविध कार्यक्रम आयोजना गर्न सक्ने पनि उहाँले बताउनुभयो ।
नेपाली कांग्रेसले यसअघि पनि पुस ५ गते सरकारद्वारा प्रतिनिधिसभा विघटन भएकै दिन काङ्ग्रेस पार्टी पदाधिकारी र काङ्ग्रेस पूर्वपदाधिकारी बैठकमार्फत पार्टीको धारणा सार्वजनिक गरेको थियो । पुस ६ गते सर्वदलीय बैठक आयोजना गरेको तथा पुस ७ गते केन्द्रीय कार्यसमिति बैठक प्रारम्भ गरी पुस ९ गते कार्यक्रम घोषणा गरेर पुस १३ गते १६५ सङ्घीय निर्वाचन क्षेत्रमा विरोध प्रदर्शन सम्पन्न गरेको नेपाली काङ्ग्रेस पार्टी कार्यालयले बताएको छ ।