![]()
अमेरिकाको लागि खतरनाक सावित हुँदै ट्रम्प:ट्विटरले बन्द गर्यो एकाउन्ट ।
– रवीन्द्र ढुङ्गेल
संयुक्त राज्य अमेरिकी पूर्व आलोचित राष्ट्रपति डोनाल्ड ट्रम्पको ट्वीटर खाता ट्विटरले सधैँका लागि बन्द भएको छ । ट्वीटर सञ्चालक कम्पनीले ‘एट द रेट रियल डोनाल्ड ट्रम्प’ नामक ट्रम्पको ट्विटर खाता सधैँका लागि बन्द गरिदिएको घोषणा गरेको हो । ट्रम्पको ट्वीटर खाताबाट अत्यन्तै हिं’सा फै’लिने ख’तरा भएकाले उहाँको खाता सधैंको लागि हटाइदिएको कम्पनीका अधिकारीहरुले जानकारी दिएका छन् ।
सामाजिक संजाल ट्वीटरको भिडियो सम्वन्धी नीति विपरितको अनैतिक भिडियो डोनाल्डले राखेकाले उहाँको ट्विटर खाता हटाउन बाध्य भएको कम्पनीको दाबी छ । संयुक्त अमेरिकाको संसदमा ट्रम्पका समर्थकहरुले गरेको अत्यन्तै हिं’सात्म’क घट’ना सम्वन्धी भिडियो पूर्व राष्ट्रपति ट्रम्पले ट्वीटरमा राखेपछि उहाँको सर्वत्र आलोचना भएको थियो । आलोचित ट्रम्पले हिं’सा मच्चाउनेलाई देश’भक्तको सं’ज्ञा दिएपछि उहाँविरुद्धको आक्रोस बढेको थियो ।
सामाजिक संजाल ट्वीटरमा ट्रम्पले राखेको सो भिडियो हटाउन सबैतिरबाट अत्यधिक दवाव आएपछि सामाजिक संजाल ट्वीटरले सुरुमा भिडियो हटाइदिएको थियो । त्यसपछि पनि ट्रम्पले ट्वीटरको घोर दु’रुपयोग ग’रेको भन्दै ट्वीटरले उहाँको खाता थोरै समय बन्द गरिदिएको थियो । अहिले भने सधैँका लागि बन्द गरिदिएको हो । राष्ट्रपति ट्रम्पले राज्यशक्तिको दुरुपयोग गरेको र लोकतन्त्रलाई खिल्ली उडाएको भन्दै धेरैले आलोचना पनि गरेका थिए । अमेरिकाका केही सांसद र चर्चित व्यक्तिहरूले ट्रम्पको खातामाथि प्रतिबन्ध लगाउन वर्षौंदेखि माग गर्दै आएका थिए ।
पूर्व अमेरिकी राष्ट्रपति बराक ओबामाकी श्रीमती मिसेल ओबामाले सामाजिक संजाल ट्विटरले पूर्व राष्ट्रपति ट्रम्पको “रा’क्षसी व्य’वहार“ माथि रोक लगाउनुपर्ने र उनलाई स्थायी नै ट्विटरबाट निष्कासित गर्नुपर्ने बताएकि थिइन् । संयुक्त राज्य अमेरिकी संसद्ले राष्ट्रपतीय निर्वाचनमा जो बाइडेनको जितलाई औपचारिकता दिने प्रक्रिया अगाडि बढाइरहेका बेला ट्रम्पका सयौँ समर्थकहरूले संसद भवनमा प्रवेश गरेर हिं’सा म’च्चा’एका थिए । हिं’सामा प’री चा’रज’ना सर्वसाधारण अमेरिकी जनता र एक सुरक्षा प्रहरी अधिकारीको मृत्यु भएको छ ।
