लुटिए बैंक कर्मचारी

Loading

Peoples News सिन्धुपाल्चोक — लिसंखुपाखर गाउँपालिका–१ बाट मुडे बजार जाने क्रममा दुई अपरिचितबाट निर्धन बैकका एक कर्मचारी लुटिएका छन् । लिसंखुपाखर–१ को गाउँबाट बचत संकलन गर्दै मुडे बजार झरेका पाल्पा तानसेन घर भएका बैंक कर्मचारी महिम अर्याललाई दुई व्यक्तिले निर्घात कुटपिट गरेर एकलाख ८० हजार लुटेका हुन् । ‘घटना हेर्दा एकदमै योजनाबद्ध र लुट्ने शैली अपनाइएको देखिन्छ, घटनाबारे अनुसन्धान तीव्र बनाएका छौ,’ जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले भने । कालो कपडा, माक्स लगाएका मोटरसाइकलमा सवार दुई जनाले अर्यालको टाउको र खुट्टामा लठ्ठीले प्रहार गरेको उनले सुनाए । गाउँबाट ५ बजेतिर बचत संकलन गरेर मुडे बजार आउँदै गर्दा अर्याललाई बा ७७ प ८८०८ नम्बरको मोटरसाइकलले पिछा गरेको थियो । महादेव खोलामा आइपुग्दा उनीहरुले अर्याललाई लठ्ठीले प्रहार गरेका थिए । प्रतिकार गर्न खोजे पनि मरणासन्न हुनेगरी हिर्काएपछि बेहोस भएका अर्यालको एकलाख ८० हजार र झोला खोसेर फरार भएका थिए । घाइते अर्यालको मुडे स्वास्थ्य चौकीमा उपचार गराए पछि राजधानी रिफर गरिएको डिएसपी अर्यालले बताए । savar Kantipur Dally  

 

Leave a Comment