‘अलोकप्रिय सरकारको एम्बुसमा योगेश भट्टराईको इन्ट्री’

Loading

peoples News काठमाडौं– नवनियुक्त सँस्कृति पर्यटन तथा नागरिक उड्ययनमन्त्री योगेश भट्टराईको बधाईले सामाजिक सञ्जाल रंगिएको छ। हिजो मात्रै मन्त्रीको सपथ लिएका भट्टराईलाई पार्टी नेता, कार्यकर्ता मात्र नभई विपक्ष दलकै नेता, कार्यकर्ताले पनि बधाइ दिइरहेको छन्।

पहिलो पटक सिंहदबारको यात्रा गरेका मन्त्री भट्टराईलाई बधाई दिने क्रममा धेरैले पर्यटनमन्त्रालयमा चुनौती रहेको बताइरहेका छन्। त्यसमध्येकी एक हुन् सत्तारुढ दल नेकपाकी नेतृ तथा केन्द्रीय सदस्य रामकुमारी झाक्री । झाक्रीले फेसबुकमा लेखेकी छिन् ‘आफ्नै कारण अठ्यारोमा परेकोले केही मुठ्ठी खुकुलो बनाउनु पर्यो। जसको कारण योगेश दाईलाई मन्त्री बनाईयो ।’

नेकपाकै अर्का केन्द्रीय सदस्य सुर्य थापाले भट्टराई आफ्नै कारणले मन्त्री बन्न ढिलाई भएको दाबी गरेका छन्। ‘भट्टराई यो जिम्मेवारी चार महिनाअघि नै पाउने थिए। त्यतिबेला भएको भए नीति, कार्यक्रम र बजेट निर्माणमा भूमिका हुन्थ्यो र अहिले काम गर्न धेरै सहज हुन्थ्यो।’

‘आज यथार्थको धरातलमा उभिएर मन्त्री हुनुभएको छ। गन्तव्य एक थान मन्त्री हुनु मात्र किमार्थ होइन्’ थापाले लेखेका छन् ‘संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री हुने साविक नेकपा (एमाले) धाराको तपाईं ११ औं व्यक्ति हो। यो मन्त्रालय सम्हालेर र सम्हालिएर अघि बढेका नेताहरुको राम्रैसँग उन्नति र प्रगति भएको छ।’  ‘आफ्नो विवेक र संस्थागत निर्णयका साथ कार्य गरेर अघि बढ्नचाहि धेरै जरूरी छ। खासमा मन्त्री र सेलिब्रेटी दुबै एकसाथ हुन सम्भव नहोला। किनभने, अब वास्तविक परीक्षा शुरू भएको छ। योग्यता, क्षमता र कार्यसम्पादनको समस्या र कमी छैन र होइन। प्रतिकूलताको सामना गर्न आवश्यक आँटको कमी पनि छैन, तर परिणाम निकाल्ने सुझबुझ र सामर्थ्यचाहि व्यवहारमा नै देखिनु अपरिहार्य छ। त्यहाँ अनेकन् एम्बुसहरू थापिएको स्पष्टै छ, माफिया र स्वार्थ समूहका घेराबन्दीलाई छिचोलेर उदाहरणीय बन्न सफल कार्यकालको शुभकामना’ थापाले भने। savar nagrik dally

 

Leave a Comment