चिनिया हस्तक्षेप बिरुद्ध काठमाडौँमा राँके जुलुस

Loading

पिपुल्स न्युज डटकम : काठमाडौं। नेपालको आन्तरिक मामिलामा चिनियाँ हस्तक्षेप भएको भन्दै एक समूहले राष्ट्रपति कार्यालय नजिकै महाराजगञ्जमा राँके जुलुस निकालेको छ। चिनियाँ कम्युनिष्ट पार्टीका विदेश विभागका उपमन्त्री गुओ येचौको ४ दिने नेपाल भ्रमणमा रहेकै बेला सो समूहले राष्ट्रपति कार्यालय नजिकै राँके जुलुश निकालेको हो। यूवा संजालका आवद्ध यूवाहरुले राष्ट्रपति कार्यालयबाट चिनियाँ दुतावासतर्फ जाने प्रयास गरेपनि उच्च सुरक्षा सतर्कताका कारण उनीहरु राँको बिचैमा फालेर तितरबितर भएका थिए। राँके जुलुशका सहभागीहरुले नेपालको आन्तरिक राजनीतिमा चिनियाँ हस्तक्षेप बन्द गर,हुम्लामा मिचेको नेपाली भुमि फिर्ता गर, तातोपानी र रसुवागढी भन्सार नाका खुल्ला गर लगायतका नारा भने लगाएका थिएचिनियाँ कम्युनिष्ट पार्टीका विदेश विभागका उपमन्त्री गुओ येचौ नेतृत्वको प्रतिनिधिमण्डल १२ गतेदेखि नेपाल भ्रमणमा छ। नेकपा औपचारीक विभाजनको सम्मुखमा रहेका बेला मिलाउने प्रयासमा आएको चिनियाँ प्रतिनिधिमण्डलको भूमिकालाई लिएर नेपालमा बिरोध भइरहेको छ। साँझको बिरोध यसैको सिलसिला भएको स्वतन्त्र यूवा संजालले जनाएको छ। यसअघी चिनियाँ काउन्सिलन अफिसअघी बिरोध प्रदर्शन गर्न पुगेका ८ जनालाई प्रहरीले पक्राउ गरेको थियो। चिनियाँ हस्तक्षेप विरुद्ध भन्दै पोखरामा पनि निकालिएको राँके जुलुशबाट प्रहरीले १७ जनालाई पक्राउ गरेको छ।

Leave a Comment