आगोलागि घाइतेलाई माइतीमा छाडी श्रीमान फरार : रामबाबु सिंह सिरहा

Loading

पिपुल्स न्युज डटकम : रामबाबु सिंह (सिराहा) : सिरहामा आगोबाट जलेर घाइते प्रभाबित महिलाको आफन्तले फोन मार्फत लहान नगर न.पा. वाडा नः २ मा भएको घटनाबारे जानकारी स्थानिय समाजसेवी रिता महतोलाई इिएको थियो जस अनुसार ओरेक नेपाल सिरहा लहानको ओरेक जिल्ला संयोजक सर्मिला जीसँग घटनाबारे छलफल गरी घटना स्थल पुगेका समाजसेवीहरुले त्थहाका अवस्था हेर्दा आफै चकित भएका थिए । घटना स्थल पुगेका प्रतिनिधिहरुले हिमतका साथ घटना प्रभाबित महिला जिवछी महतोलाई सहयोग गर्ने भनी आश्वाशन दिनु भयो ।

पिडित धनगडी माई न.पा. १० हाल उनि धनगडी ८ कसहामा बसदै आएकी थिइन घटना लक्ष्मी पूजाको भोलिपल्ट बिहान ५ बजे घरको सबै काम गरि परालको आगो बालेर आगो ताप्दा एकासी आगो लागेर जीउ भरी फैलिए त्यस बखत घरमा सबै सूतेकै थिए ।

आगो लागेकै अबस्थामा एक बटुवाद्वारा उद्दार गर्दै होहल्ला गरेपछि वहाको श्रीमान लगाईत छिमेकि सबैको सहयोमा उद्दार गरि डा. दिपेन्द्र यादवद्वारा कसहामा खोएिको क्लिनिकमा लगिएको थियो । वहाकै क्लिनिकमा बिगत दिन देखी उपचार मै रहदा रहदै अन्य अस्पतालमा लग्ने भनी घाइते जिबछि महतो को श्रीमान सूरेश महतो ले क्लिनिक ईन्चार्ज संग कूरागरी म लान्छु भन्दै डिस्चार्ज गरेर ति घाइते महिलालाई निजको माइतीमा बृद्ध हजूर आमा भरमा छोडेर फरार भएको छन् ।

घाइते महिला आफनो श्रीमान को पर्खाईमा रूदै समाजसेवी रिता महतो संग गुनासो पोखे । घाइते महिलाका २ बच्चा छन् एक छोरि र एक छोरा जो अहिले सानै छन । सिरहा मानव अधिकारको क्षेत्रमा कामगर्ने सँस्था मूक्ती नेपालकी उपाध्यक्ष र एम्नेष्टी इन्टरनेशनल समूह संयोजक रिता महतो, कोषाध्यक्ष रामबाबू सिंह सदस्य महेश सिङ तथा ओरेक नेपाल संयोजक सर्मिला निरौलाको पहलमा घाइते महिलाप्रति आर्थिक सहयोग गरि थपउपचारका लागि बाहिर पठाउनमा पहल गरिएका थिए ।

समाजसेवी रिता महतोद्वारा बिभिन्नसँस्थाहरूसँङ सहयोगकोलागि पहल गर्नु भएको छ । साथै प्रदेश न २ मधेशी आयोगका अध्यक्ष डाः विजय दत्त ज्यूसँङ समेत घटना बारेमा छलफल गरि बिशेस पहल गरिदिनु हुन आग्रह समेत गर्नु भयो । उपचार गर्ने क्लिनिकका डाः र फरार श्रीमान लाई कार्वाहि समेत हुनु पर्ने अडान लिनु भएको छ ।

Leave a Comment