मन्त्रालयको पछिल्लो जानकारी अनुसार कोरोना सङ्क्रमितको संख्यामा दोब्बर वृद्धि ।

Loading

मन्त्रालयको पछिल्लो जानकारी अनुसार कोरोना सङ्क्रमितको संख्यामा दोब्बर वृद्धि ।

१७ असोज २०७७ । शुक्रवार नेपालमा कोरोनाभाइरसका २ हजार ७ सय २२ विरामीहरु थपिएका छन् । जुन हाल सम्म कै धेरै संक्रमित संख्या हो । यस अघि अधिकतम २०२० जना दैनिक संक्रमण संख्या थियो । स्वास्थय तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा ३ हजार ३ सय ७ जना निको भइ घर गएका छन् । यसैगरी यस अवधिमा ११ जनाको निधन भएको छ ।

यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या ८२ हजार ४५० पुगेको छ भने निको हुनेहरुको संख्या ६० हजार ६९६ पुगेको छ । त्यसैगरी ५२० जनाले यस भाइरसको कारण ज्यान गुमाएका छन् । हालसम्म १० लाख ४८ हजार ६८६ नमुना परिक्षण गरिएको छ भने ४८८५ जना क्वारेन्टीनमा रहेका छन् । त्यसैगरी सक्रिय संक्रमितको संख्या २१ हजार २३४ रहेको छ ।

मन्त्रालयको नियमित प्रेस ब्रिफिङका क्रममा शुक्रबार प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार नयाँ थपिएका कोरोनाका संक्रमितसँगै नेपालमा कोरोना संक्रमितको संख्या ८२, ४५० पुगेको बताउनु भएको छ ।

यसैगरी पछिल्लो २४ घन्टामा कोरोनामुक्त भएर ३ हजार ३ सय ७ जना डिस्चार्ज भएका छन् । यो सँगै नेपालमा हालसम्म कोरोनामुक्त हुनेको संख्या ६० हजार ६ सय ९६ जना पुगेको छ ।

अर्कोतिर पछिल्लो २४ घन्टामा नेपालमा थप ११ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ५२० पुगेको छ ।

Leave a Comment