नेपालमा कोरोना संक्रमित ८० हजार, आजै थपिए १९ सय ।

Loading

रवीन्द्र ढुङ्गेल, १५ असोज २०७७ । विहिबार काठमाडौँका ९४३जनामा कोभिड १९ पुष्टि भएको छ । र नेपालमा कोरोना संक्रमितहरुको संख्या ८० हजार नजिक पुगेको छ । पछिल्लो २४ घन्टामा बिहीबार थप १९ सय ११ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । काठमाडौँ जिल्लामा ८१७ जना संक्रमित थपिएका छन् भने भक्तपुरमा ५८ तथा ललितपुरमा ६८ जनामा कोरोना देखिएको हो । यस्तै नेपालमा विहिबार १९११ जनामा कोरोना संक्रमण देखिएको छ ।
 १२ हजार ४४४ नमुना परिक्षण गर्दा सो मात्रामा कोरोना बिरामी थपिएको पुष्टि भएको हो । यो सँगै नेपालमा संक्रमितको संख्या ७९ हजार ७२८ पुगेको छ । यसैगरी गत २४ घण्टामा ९६१ जना निको भएसँगै डिस्चार्ज हुनेहरुको संख्या ५७ हजार ३८९ पुगेको छ । त्यसैगरी निधन हुनहरुको संख्या पनि ५०९ पुगेको छ ।  
त्यसैगरी २४ घण्टामा जम्मा १२ हजार ४४४ पीसीआर परीक्षण भएका छन् । हालसम्म क्वारेन्टाइनमा रहनेको संख्या ५ हजार ७७ जना रहेका छन् ।त्यसैगरी सकृय संक्रमितको संख्या २१ हजार ८३० जना रहेको छ ।

Leave a Comment