![]()
पिपुल्स न्युज मिडिया : दुइ आणविक शक्तिशाली देशहरु चीन र भारतको सिमा विवद हालमा वार्ता चलिरहेको छ । तर , वार्ता चलिरहदाँ भारत भने आफ्ना शक्तिशाली हतियारहरु सिमा क्षेत्रमा तैनाथ गर्न व्यस्त रहेको छ । सोही क्रममा भारतले निर्भय क्रूज मिसाइल पनि तैनाथ गरेको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।प्राप्त समाचार अनुसार ५ महिना भन्दा बढि भएको तनाबको स्थिती हेरेर आफ्ना शक्तिशाली हतियारहरु तैनाथ गरेको हो ।
भारत र चीन पाचँ महिना भन्दा बढि समयदेखि सिमा विवादमा अल्झिएका छन् ।सिमा क्षेत्रमा दुबै देशहरुले शक्तिशाली हतियारहरु तैनाथ गरेका छन् । भारतले तैनाथ गरेको निर्भय क्रूज मिसाइलले १००० किलोमिटर सम्म हान्न सक्छ ।
के हो निर्भय क्रूज मिसाइल र?
निर्भय क्रूज मिसाइल भारतीय सेनाको एक शक्तिशाली आणविक हातयार भएको भारतीय मिडियाहरुले जनाएका छन् । यस मिसाइलले १००० किलोमिटर रेञ्ज सम्म हान्न सक्छ । यस मिसाइलको क्षमता अमेरिकाको प्रख्यात टोमाहक मिसाइलसँग तुलना गर्न सकिन्छ। यो मिसाइल बिना कुनै लक्ष्यमा आफ्नो लक्ष्य हिट गर्न सक्षम छ।
निर्भय क्रूज मिसाइलले हमला गर्दा शुरुमा यो अरु रकेट जस्तै ठाडो जान्छ र तेर्सो हुन ‘९० डिग्री’ मा फर्कन्छ ।यो मिसाइलको परिक्षण १२ मार्च २०१३ मा गरिएको थियो । यो मिसाइल ६ मिटर लामो र ०.५२ मिटर चौडाइको रहेको छ । यो १५०० किलोग्राम भारी रहेको छ ।
टी ९० भीष्म टैंक पनि तैनाथ
भारतीय सेनाको सबैभन्दा ठुलो हतियार अथवा शक्ति टी-९० भीष्म ट्यांकर आधुनिक हतियार मध्य अचुक हतियार पनि भारतले तैनाथ गरेको छ ।

यसमा १००० हर्स पावरको इन्जीन जडान गरिएको छ । यो टैंकले एक चोटिमा ५५० कि.मि दुरी पार गर्न सक्छ । यो टैंक ४८ टन भारी छ ।भीष्म टैंकले राति या दिउसो जुनै बेलामा पनि दुष्मन विरुद्ध आक्रमण गर्न सक्छ । यो विश्वको हलुका र खतरनाक टैंकमध्ये एक हो ।