![]()
रवीन्द्र ढुङ्गेल, ११ आश्विन २०७७ । विश्वलाई कोरोना उपहार दिएको चीनलाई कार्बन मोनोक्साइडको गरायो बज्रपात । दुर्घटनामा चिनिया मजदुरले गुमाए ज्यान । कोरोना भाइरस विश्वलाई उपहार स्वरूप दिएर नाम कमाएको चीन अहिले भने आफैं एउटा दुर्घटनामा परेको छ चीनको एक कोइला खानीमा कार्बन मोनोअक्साइड ग्याँसका कारण कम्तीमा पनि १६ जना मजदुरको ज्यान गएको छ । दक्षिणपश्चिमी चीनको एक खानीमा सो दुर्घटना भएको बताइएको छ ।

चिनियाँ सरकारी टिभी सिसिटिभीले बताए अनुसार सो कुराको जानकारी खुलेको हो । सो खानीमा कार्बन मोनोअक्साइड ग्याँस विस्फोट भएको र जसका कारण ती मजदुरहरु भाग्न नसकेर च्यापिएर ज्यान गएको बताइएको छ ।आइतबार बिहान सो दुर्घटना भएको थियो । यस दुर्घटनामा परेर अरु पनि मजदुरहरु सो खानीमा च्यापिएको अनुमान गरिएको छ ।
उद्धारकर्मीहरुले स्वास्थ्यकर्मी तथा औषधिसहितको टोली समेत लिएर त्यहाँ पुगेका थिए । उनीहरुले खानीबाट उद्धार गरिएका नागरिकलाई उपचार गरेर बचाउने प्रयास गरेका थिए । तर पनि १६ जनाको सो खानीभित्रै ज्यान गएको थियो । एक जनालाई उद्धार गरेर बाहिर निकालिएको थियो ।
अरु पनि सो खानीमा मजदुरहरु परेको हुनसक्ने आशंकामा उद्धारको कार्य जारी राखिएको बताइएको छ । चीनमा खानी दुर्घटनामा परी वर्षेनी ठूलो संख्याका नागरिक ज्यान गुमाउन बाध्य हुने गर्दछन् ।