![]()
PeoplesNews : यसमा जागिर खान किन मरिहत्ते गर्छन ? : सिक्काको २ पाटो भए झै राम्रा नराम्रा दुवै प्रकारका मान्छेले नियुक्ति गर्नेको चरित्र वमोजिमको नियुक्ति पाएका हुन्छन् । समयको कालखण्डनमा कहिले काहि योग्य सक्षम र इमानदार व्यक्तिले पनि अख्तियारमा प्रवेश पाएको यदाकदा देखिन्छ भने अव त त्यो केवल इतिहासको पाटोमा सीमित भयो । अव पहिले ३० औं वर्षसम्म सरकारी पदमा जीवनयापन गरि नाम र दाम (नाम भित्र वदनाम पनि भएका हुन्छन् ) कमाएका नेताले जे जे भन्छन् हुनसक्ने, नसक्ने गर्न मिल्ने नमिल्ने कानून, न्याय, इमानदारीतालाई छलछाम गरेर भए पनि नेताका चाकरी गरि रहेका र अवकास जीवन पछि नेताले खुशी भएर दिएको वकसको पद हो । हिजो कर्मचारी हुंदा अर्काको चाकरी गरेको आज आफूलाई अर्काले चाकरी गरुन्, शान, मान र धान अविरल हुने । आफूलाई गुन लगाउने नेतालाई कतैवाट अनिष्ठ आउन नदिने वाहेक अरु कुनै उदेश्य लिएर गएका देशले अनुभव गर्न पाएको छैन । यसको गरिमा, महत्व, कर्तव्य र आफ्नो इमानदारीता नै थाहा नुहनेुले पूनः ६ वर्ष जागिर थप्ने वाहेक केहि योजना आउदैन । पहिले नै जागिरले लखतरान भएकाहरु उर्जा विनाका मेसिन भएर रहेका देखिन्छन् । जागिर नपाउदासम्म मरिहत्ते गर्नेहरु जागिर पाएपछि अवकास पाउने दिन गनेर वसेका हँुदा केहि काम हुन सक्दैन । जसले नियक्ति ग¥यो उ वाहेक देशको काम हुदैन । savar