![]()
Peoples News : Kathmandu : नेतालाई किन चाहिन्छ भाग ? : राष्ट्रव्यापी रुपमा विभिन्न काण्ड र भ्रष्टाचारको घटनाहरु दर्जनौं दर्जन वाहिर आइरहेका छन् अख्तियार वेखवर भएर वसेको छ । छापामा वा हल्का वाहिर आउने वितिक्कै दोषी नै हुन्छन् भनेर मान्न सकिदैन तर दोषी ,निर्दाेषी के हो ? छनाविन गर्न सकिन्छ नि ! ठीक छ छानविनवाट निर्दाेष देखिए अख्तियारले वोलोस हामीले यो विषयमा छानविन ग¥यौ भनेर । तर छानविन गरेपछि आफ्नो पद दातालाई असर गर्ने हुंदा छानविन नै नगर्ने अनि नेताले आफू र आफ्ना नजिककालाई चोख्याउन आफ्ना गफमेलका आफूलाई, गुनलाएकाहरुलाई ल्याउन हिरक्कि गरेका हुन ।
संवैधानिक पद त्यसमा पनि अख्तियारको प्रमुख आयुक्त र आयुक्त नियुक्त गर्दा कार्य क्षमता र नैतिक आचरण उच्च भएका दक्ष वकिल छन् ,प्राध्यापक छन्, ख्यातिप्राप्त लेखा परीक्षक छन्, ख्यातिप्राप्त अर्थशास्त्री छन् , अनुसन्धान विज्ञ छन् तर ती विज्ञ जो आफ्नो चाकरी गर्दैन तर कानून वमोजिम काम गर्न दृढ छ भने उसलाई कसैगरी आउन नदिने तर आफ्ना आसेपासे र अह्रौटे धुपौरेको लागि नेतालाई कोटा किन चाहिन्छ ? यसको जवाफ कि कुकर्म लुकाउन कि पैसा कुम्ल्याउन त्यो वाहेक अर्काे उत्तर आउदैन ।
हिजो लोकमान सिंह कार्की कसको भागमा परेका थिए ? लोकमान कसलाई किन चाहिएको थियो ? के शर्तमा लोकमान रोजियो ? के योग्यता थियो ? के गुण थियो ? जो अरुमा थिएन ? कि पदको लिलाम वढांवढ गर्दा सवैभन्दा धेरैमा टेन्डर उनैले भरेको कारण हो ? त्यसपछि दीप वस्नेत नेताको रोजाइमा परे उनी निवर्तमान हुनासाथ अख्तियारले उनैलाई प्रतिवादी वनाएर मुद्दा दर्ता ग-यो । कस्ता छवि र योग्यता भएका व्यक्ति नेताको रोजाइमा पर्दा रहेछन् ? नेताले किन भाग वण्डा खोज्दा रहेछन् ? आफ्ना कोटामा परेपछि कस्ता मान्छे नियुक्त गछर्न् र ति मान्छेले के गर्छन् ? भन्ने छर्लङ्ग भएको हुंदा नेतामा इमानदारीता नपलाएर सम्म, लोभी पापीको जालो नच्यातिए सम्म यो मौज्युदा परिस्थितिमा अख्तियार पंगु संस्थाको रुपमा विकसित हुदै आएको छ ।
अख्तियार कस्को लागि प्रयोग हुने ? अव यसको के औचित्य वांकी रहेको छ ? अख्तियारको अहिलेको काम तल्ला तहका साना कर्मचारीहरुलाई आफैले लगेर पैंसा फ्याल्यो मुचुल्का उठाएर मुद्दा चलायो । त्यसैको लागि हजारौं कर्मचारीहरुको दौडधुप । अरवौ रुपैयाको खर्च र केहि थानलाई सुखसयल भन्दा वाहिर गएन । त्यत्तिको लागि अख्तियार किन चाहियो ? ति निरिह कर्मचारीहरुलाई मुद्दा चलाउन प्रहरी प्रशासन छदैछ । प्रहरी कार्यालयको फा“टवाला कर्मचारीले आफ्नै फा“टमा वसेर तयार पारेको वयानलाई सरकारी वकिलले शिरमा रातो मसीले दस्तखत गरेपछि जागिर चट् हुन अख्तियार चाहिदैन ।
राजनीतिक आडमा पदको दुरुपयोग गरी करोडौं अरवौं नोक्सान भएको विषय अख्तियारको अनुसन्धानको विषय वन्दैन भने अख्तियार दुरुपयोग अनुसन्धान आयोग किन पाल्ने नेपाली जनताले ? गरीव व्यक्तिले सेतो हात्ति पाले जस्तो । हजारौं जनताको वलिदान र लाखौको रगत पसिना वाट स्थापित व्यवस्थामा पनि केवल नेताको सुख सुविधा मात्रै प्राथमिकतामा पर्छन् भने तपाई नेताहरुलाई पनि यो अख्तियार घाडो नै सावित भएको होला त्यसैले आउनुस नेता जनता मिलेर अख्तियारहरुलाई अव विघटन गरौं , न वा“स रहन्छ नत मुरली । वाँसै हटाएपछि मुरली कसैले वजाउन पाउँदैन । savar