पशुमा देखिन थाले भयानक रोग़

Loading

Peoples news : काठमाडौं । विश्वभर कोभिडको त्रासमा रहेका बेला नेपालमा भने दोहोरो मार पर्ने संकेत देखिएको छ । जसरी कोरोनाका बेला सरकारले जसरी चासो दिनु पर्ने थियो त्यसरी नदिएका कारण पनि पछिल्लो समयमा कोरोरा महामारीका रुपमा नेपालमा फैलिँदै गईरहेको छ ।

यही समयमा पशुहरुका अर्को महामारी रोगको संकेत देखिएको छ । त्यो हो लम्पी स्किन रोग । यो रोग नेपालमा पहिलो पटक देखिएका छ । पूर्वी जिल्लामा देखिएको लम्पी स्किनका बारेमा सम्वन्धित मन्त्रालय र पशु सेवा विभागले समेत खासै चासो दिएको छ । जसका कारण कोरोना भाईरस जस्तै पशुहरुमा लम्पी स्क्रिनले स्थित नाजुक बनाउने मात्र होइन । भर्खरै मात्र आत्मनिर्भरताका लागि अगाडि बढिरहेको दुग्ध व्यवसाय ध्वस्त हुने देखिएको छ ।

यो रोग लागेको दुधालुल पशुहरुको ८० प्रतिशत दूध नष्ट गराईदिने भएकोले दुग्ध उत्पादनमा लागेको पशुपालन किसानहरु सडकमा नै पुग्ने अवस्था आएको छ । लम्पी स्क्रिन रोग रोकथामका लागि अहिलेसम्म कुनै पनि प्रयास भने गरिएको देखिँदैन । यस्तै अवस्था रहेका नेपालको पशुहरुको अर्को महामारीको संकेत देखिएको छ ।
२०७७ साल असारको अन्तिम सातातिर मोरङ जिल्लाका केही गाईमा लम्पी स्किन रोगसंग मिल्दो लक्षणहरु देखा परेपछि पशु सेवा विभागले नमुना संकलन गरि रियल टाईम पि.सि.आर बिधिबाट परिक्षण गर्दा गत श्रावण ११ गते नेपालका केहि गाईमा लम्पी स्किन रोग भएको पुष्टि भएको हो ।

विगतमा अफ्रिकी महादेशमा मात्रै सीमित यो रोग सन् २०१२ मा दक्षिण पूर्र्वी युरोप, रसिया, काजकिस्तान लगायत बालकन्स क्षेत्र हुँदै सन् २०१९ जुलाइमा बंगलादेश र चीन तथा सन् २०१९ को अन्तम तिर भारतमा समेत देखापरेको थियो । त्यस लगत्तै नेपालमा २०७७ साल असार महिनाको अन्तिम सातातिर यो रोग देखा परेको हो ।

चिकित्सकका अनुसार लम्पि स्किन रोगका कारण गाईभैंसीमा दुध उत्पादनको क्षमता ८० प्रतिशत कम हुन्छ भने यसरी दूध उत्पादनमा नकारात्मक असर पार्न सक्ने यो रोग फैलिदै जाँदा दूधमा आत्मनिर्भर हुने लक्ष्य पुरा नहुने पशु सेवा विभागका वरिष्ठ चिकित्सक डा. सुजन राणाको भनाई रहेको छ ।

दुध कम उत्त्पादन हुन थालेमा साना किसानहरुलाई जीविकोपार्जनमा समस्या हुनुका साथै दुग्ध क्षेत्रबाट प्राप्त रोजगारी तथा खाद्य सुरक्षामा समेत नकारात्मक असर पर्न सक्ने वरिष्ठ पशु चिकित्सक सुजन राणाको दावी छ ।

Leave a Comment