![]()
Abbulaish Ansari/Birgunj : देशमा कोरोना माहामारी चली रहदा पनि देशका उच्च निकाय देखि तल्लो निकाय सम्मले भ्रष्टाचार गर्न पछि परेन हरेक कुरामा हरेक नाम्मा हरेक बाहानामा गरे भ्रष्टाचार यसै क्रम्मा कोरोना विरुद्धको प्रभावकारी औषधी रेम्डेशिभिर कालोबजारी गरेको आशंका नारायणी अस्पतालका चिकित्सक पक्राउ परेका छन् । रेम्डेशिभिर उपलब्ध गराईदिने भन्दै बिरामीका परिवारजनसँग चर्को शुल्क असुलेका चिकित्सक डा. ताहिर अंसारी पक्राउ परेका हुन् ।
कोभिडको औषधी खरीदका लागि चर्को शुल्क लिएको भन्दै पक्राउ गरेको पर्साका प्रहरी प्रवक्ता मनाजित कुँवरले बताएका छन् । डा. अंसारीसँगै रक्सौल निवासी एक जना भारतीय नागरिकलाई पक्राउ गरिएको प्रवक्ता कुँवरले जानकारी गराए । अनुसन्धान भईरहेका कारण थप जानकारी दिन नसकिने उनले बताए ।
नारायणी अस्थायी कोभिड अस्पताल वीरगञ्ज हेल्थ केयरमा उपचाररत एक जना बिरामीको परिवारसँग औषधी मिलाई दिने भन्दै शनिबारसम्ममा डा। अंसारीले १ लाख ९८ हजार रुपैँया उसुल गरेको स्रोतले जनाएको छ । गत श्रावन ३२ गते नारायणी बयोधा भर्ना भएका उक्त बिरामीमा कोरोना संक्रमण पुष्टि भएपछि उनलाई वीरगञ्ज हेल्थ केयरमा भर्ना गरिएको थियो । मुटुका दिर्घरोगी उक्त बिरामीको बाईपास सर्जरी समेत भईसेकेको स्रोतले जनाएको छ । स्रोतका अनुसार जीवन रक्षक रेम्डेशिभिर मिलाईदिने भन्दै डा. अंसारी बिरामीसँग थप रकम असुल्ने दाउमा थिए ।