![]()
People’s News :कोरोनाभाइरसबाट सङ्क्रमित हुनेको सङ्ख्या एक हजार नाघेको दिन सरकारले काठमाण्डू उपत्यकामा व्यापार व्यवसायलगायत मानिसको भीडभाड हुने जुनसुकै गतिविधि निषेध गर्ने निर्णय गरेको छ । काठमाण्डू, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरूको संयुक्त बैठकले बुधवार मध्यरात १२ बजेबाट एक साताका लागि उक्त निर्णय गरेको हो । सङ्क्रमितको सङ्ख्या बढ्दै गएका बेला मानिसको भीडभाड रोक्न आवश्यक दखिएकोले यस्तो निर्णय गर्नुपरेको हो,” ललितपुरका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टले बताए । सङ्क्रमितको सङ्ख्या अहिलेसम्मकै सबैभन्दा धेरै पुष्टि भएको र अवस्था बिग्रँदै गएको भन्दै एक साताको लागि विभिन्न क्षेत्रमाथि पुन: निषेध गरेर सङ्क्रमणको रोकथाम तथा नियन्त्रण गर्नुपर्ने देखिएको भट्टको भनाइ छ । निषेध गरिएको अवधिमा औषधि, खाद्यान्नजस्ता अत्यावश्यकीय वस्तुको खरिदका लागि बाहेक घरबाहिर निस्कन नपाइने तीनवटै जिल्ला प्रशासन कार्यालयले वेबसाइटमा राखेको आदेशमा उल्लेख गरिएको छ ।
सवारी साधन प्रवेशमा रोक अत्यावश्यकीय सेवामा कार्यरत स्वास्थ्यकर्मी, सुरक्षा निकाय र अत्यावश्यकीय सामग्रीको ढुवानीबाहेक सवारी सञ्चालनमा पनि रोक लगाइएको छ । त्यसबाहेक अहिले सञ्चालनमा रहँदै आएका सबै खालका उद्योग, व्यवसाय, पसल, रेस्टुरेन्टहरू पनि बन्द हुनेछन् भने बैंकहरूले न्यूनतम कर्मचारीमार्फत् स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गरेरमात्रै सेवा दिन पाउनेछन् । तीनवटै जिल्लामा अत्यावश्यक सामग्री ढुवानी गर्ने बाहेक कुनै सवारी साधन प्रवेश गर्न नपाउने आदेशमा उल्लेख छ । त्यसबाहेक तीनवटै जिल्लामा कुनै पनि निजी तथा सार्वजनिक यात्रुवाहक सवारीसाधन पनि चलाउन पाइने छैन ।
भक्तपुरकी प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले भनिन्, “सङ्क्रमितको सङ्ख्या बढ्दै गएपछि रोकथाम र नियन्त्रण झन् जटिल बन्दै जाने देखिएकाले हामीले यस्तो निर्णय गरेका हौँ । सातजनाको मृत्यु भएको छ । यो एकैदिन सङ्क्रमित पुष्टि भएको अहिलेसम्मकै उच्चतम सङ्ख्या हो । ती मध्ये २०५ जना काठमाण्डू उपत्यकाका छन्। अहिलेसम्म कोरोनाभाइरसबाट सङ्क्रमित हुनेको सङ्ख्या नेपालमा २८ हजार नाघिसकेको छ भने ज्यान गुमाउनेको सङ्ख्या ११४ पुगेको छ । कतिपयले भने परीक्षणको दर बढेसँगै सङ्क्रमितको सङ्ख्या पनि बढेको बताउने गरेका छन्।
सरकारले कोरोनाभाइरसको रोकथाम र नियन्त्रणका लागि भन्दै गत वर्ष चैत ११ गतेबाट लकडाउन गरेको थियो। करिब चार महिनासम्म लकडाउन गरेपछि सरकारले असार दोस्रो साता लकडाउन खुला गरेको थियो । सङ्क्रमित धेरै देखिएका तराईका धेरैजसो जिल्लाहरूमा पनि निषेधाज्ञा जारी गरिएको छ ।