![]()
नयाँ सिम लिन चाहनुहुन्छ ? [ यी प्रक्रियाहरु पूरा गर्नुस ]
नेपाल दूरसञ्चार प्राधिकरणले हालै मात्र नयाँ सिमकार्ड लिनका लागि नयाँ नियम सुरु गरेकाे छ । प्राधिकरणले एक सूचना जारी गर्दै नयाँ सिमकार्ड लिन आफ्नो सक्कली परिचयपत्र नागरिकता लिएर सम्बन्धित ग्राहक आफैं उपस्थित हुनपर्ने जानकारी दिएको हो ।
मोबाईल सेवा प्रदायकहरुलाई प्राधिकरणले सक्कल परिचयपत्रसँगै प्रतिलिपि रुजु गरी, ग्राहकले भरेको फाराम चेकजाँच गरेर मात्र सिमकार्ड उपलब्ध गराउन सबैलाई सुझाव दिएकाे हाे ।
मोवाइल सेवा प्रदायकहरुले आफैंले वा तोकिएको आधिकारिक बिक्रेताहरु मार्फत सिमकार्ड विक्री वितरण गरिरहँदा कसैगरी एक व्यक्तिको परिचयपत्रको प्रतिलिपी अर्को व्यक्तिले प्राप्त गरेको अवस्थामा गलत रुपमा अन्य व्यक्तिको मोवाइल नम्बरमा पहुँच पुग्न गई बैकिङ्ग सेवा, ईमेल सेवा, फेसबुक लगायतका समाजिक सञ्जाल र अन्य डिजिटल सेवाहरु तथा डाटाहरुमा समेत गलत व्यक्तिको पहुँच पुग्न जाने तथा सुरक्षा खतरा समेत बढ्ने भएकोले यस्ताे निर्देशन जारी गरिएकाे प्राधिकरणले जानकारी दिएकाे छ ।