आँप सेवन गर्नुका फाइदाहरु ,क्यान्सरको उपचारदेखि दिमागको विकाससम्म ।

Loading

आँप सेवन गर्नुका फाइदाहरु ,क्यान्सरको उपचारदेखि दिमागको विकाससम्म ।

आँप एक फलफूल मात्रै होइन यसले एउटा जडिबुटीको भूमिका  पनि निर्वाह  गर्दछ । तौल घटाउन, क्यान्सर विरुद्ध लड्न यो अत्यन्तै उपयोगी फलफूल हो । यसले छालालाई सफा राख्न मद्धत गर्दछ । यसले आँखालाई पनि स्वस्थ राख्छ , यो एउटा एफ्रोडायसिक  (Aphrodisiac) फल हो । कोलेस्टेरोल (cholesterol ) को तह  नियन्त्रण  गर्न पनि यसले महत्त्वपूर्ण भूमिका खेल्छ ।  खाना पचाउन पनि मद्धत गर्छ । यसले  रोग विरुद्ध लड्ने क्षमताको पनि विकास गर्छ  । यसले ध्यान र दिमागलाई विकास  गर्छ । शरिरलाई अल्कालाइजिङ अर्थात् क्षारिय बनाउँछ ।   यसले डायबेटिजलाई रेगुलेटिङ  गर्छ ।