कागेश्वोरी मनहरा नगरपालिकामा पनि संक्रमितको संख्या 27 पग्यो

Loading

Peoplesnews : साउन ३०- अन्य देशमा कोरोना सङ्क्रमित घट्दो क्रममा हुदा पनि नेपालमा भने व्यापक तिब्र गतिमा फैलिरहेको अवस्था छ न सरकार यस बारे कुनै चासो लिएको देखिन्छ नत जनता नै सतर्क हुने गर्र्को देखिन्छ यस्तो अबस्थामा कोरोनले आफ्नो जरा दरो तरिकाले गाड्दै छ यसै क्रममा काठमाडौँको कागेश्वरी मनोहरा नगरपालिकामा संक्रमितको संख्या २९ पगेको छ । नगरपालिकाको वडा नं. ९ मा पछिल्लो २४ घण्टामा २ जना संक्रमित थपिएसँगै नगरपालिका भित्र संक्रमितको संख्या २९ पुगेको हो । २९ जना मंध्ये १० जना पूर्ण रुपमा कोरोना निको भएको र १९ जना उपचारको क्रममा रहेका छन् ।नगरपालिकाले गत बैशाख १ गते देखि अहिले सम्म RDT र PCR गरि तीन हजार भन्दा बढीको परिक्षण गरेको जानकारी

जानकारी अनुसार सरकारले गत साउन ७ गते देखि लकडाउन पर्णरुपमा हटाए पश्चात अहिले सम्म १९ जना कोरोना संक्रमित थपिएको बताए ।

बढ्दो कोरोना संक्रमण रोकथाम र नियन्त्रण गर्ने भन्दै नेपाल सरकारको गत साउन २६ गते बसेको मन्त्रीपषिको निर्णयले अत्यावश्यक बाहेकका सबै सेवा बन्द गर्ने निर्णय गरेसँगै कागेश्वरी मनोहरा नगरपालिकाले पनि साउन २७ गते देखि आगामी भाद्र १५ गते सम्म नगरपालिका र वडा कार्यलयबाट दिईने सबै सेवा बन्द गर्ने निर्र्णय भएको र नगरपालिकाले बिशेष काम बाहेक सबै किसिमका भेटघाट र जमघटलाई समेत निषेध गरेको उनले जानकारी दिएका छन् ।

यस बिषम परिस्थितिमा COVID-19 बाट आफु बाचौं र अरुलाई पनि बचाऔं भन्ने नारालाई सार्थक पार्न बिना माक्स घरबाट बाहिर निस्कने जो कोहिलाई महानगरीय प्रहरी र नगरपालिकाका नगर प्रहरी बाट रु १० (दश) जरिबाना गराई माक्स उपलब्ध गराउने निर्णय समेत गरेको छ । नगरपालिकाले अत्यावश्क बाहेक अन्य कामका लागि घर बाहिर ननिस्कन समेत नगरवासीलाई आग्रह गरेको छ ।