धनुषामा कोरोनाबाट थप एक पुरुषको मृत्यु ।

Loading

प्रदेश नम्बर दुइमा पर्ने धनुषा जिल्लामा कोरोना भाइरसको संक्रमणबाट थप एकजनाको हिजो बेलुका  मृत्यु भएको छ।

कोरोना(कोभिड-19)बाट मृत्यु हुनेमा धनुषाको जनकनन्दनी गाउँपालिका वडा नम्बर ४ का ५० वर्षीय पुरुष रहेको धनुषा जिल्लाका प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद भट्टराईले जानकारी दिए।

कोरोनाको  लक्षणहरु प्रशस्तै देखिएका ती पुरुषलाई सुरुमा जनकपुरधामस्थित प्रादेशिक अस्पतालमा निर्माण गरिएको कोभिड विशेष अस्पतालमा भर्ना गरिएको थियो त्यहाँ उपचार सम्भव नभएपछि उनलाई थप उपचारका लागि काठमाडाैं रिफर गरिएको थियो र  लैजाँदै गर्दा आज उनको मृत्यु भएको प्रजिअ भट्टराईले बताए।