![]()
आम्बानिले भारतमा प्रतिबन्धित टिकटक भित्र्याउने सम्भावना ।
विश्वभरको तथ्यांक अनुसार टिकटक प्रयोगकर्ताका हिसाबले दोस्रो ठूलो बजार भारतमा टिकटकको कारोबार यतिबेला बन्द गरिएको छ । चीनसँग तनाव बढेसगै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले केही समय अगाडि १०६ वटा चिनियाँ एपमा प्रतिबन्ध लगाउँदा त्यसअन्तर्गत टिकटक पनि परेको थियो ।
टिकटक भारतीय बजारमा फेरि प्रवेश गर्न चाहिरहेको जनाइएको छ । तर त्यो त्यति सजिलो भने छैन । त्यसैले टिकटकको प्यारेन्ट कम्पनी बाइटडान्सले यसको भारतीय कारोबारको हिस्सा बिक्री गर्ने योजना बनाएको छ । बाइटडान्स र टिकटक बीच सम्झौता हुने जनाइएको छ । बाइटडान्सका सञ्चालक मुकेश अम्बानी हुन् ।