![]()
कंचनपुरमा शंकास्पद बम फेला । [कस्ले राख्यो भन्ने खुल्न बाँकी ]
कञ्चनपुरमा प्रेसरकुकर बम फेला परेको छ, जानकारी आउने बित्तिकै नेपाली सेनाको बम डिस्पोजल टोलिले त्यसलाई निष्क्रिय बनाएको छ ।
कंचनपुरको भीमदत्त नगरपालिका वडा नम्वर ४ भानुचोकमा आज बिहान अन्दाजी दुई बजे बम भेटिएको जिल्ला प्रहरीले जनाएको छ।
बम भएको स्थानबाट थारुवान स्वायत्त प्रदेश जिल्ला जनपरिषद कञ्चनपुरको पर्चा समेत भेटिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव उपरिक्षक अमरबहादुर थापाले बताए ।