![]()
धर्म,संस्कृति,सम्पदा बेच्ने दलाल दुराचारीहरुको राज कहिलेसम्म ?
रविन्द्र ढुङ्गेल, काठमाडौ : देश संघीयतामा गएको पाँच बर्ष पुग्नै लागेको छ । स्थानीय , प्रादेशिक र केन्द्रिय सरकार गरि तीन तहका सरकार छन् तर सबै सरकारले गरेको कामलाई समिक्षा गर्दा नाङ्गै हिँड्ने पागललाई पनि लाज लाग्छ । सरकार हुनु र नहुनुले कुनै हेक्का राखेको पाइँदैन । तिघ्रामा तेल लगाएर तलब / भत्ता खाने कथित जनप्रतिनिधिहरुलाई अश्लील बुझिए पनि अन्डरवेरको मास्क पहिर्याउन ढिलो गर्नुहुँदैन ।
व्यापारीक किसिमले राजनीति गर्ने लठुवाहरुलाई देशको धर्म, संस्कृति , रीतिरिवाज र हाम्रा पुरातात्त्विक सम्पदाहरुको कुनै मतलब र चिन्ता पनि छैन । चुनाव प्रचारमा ध्वनि पदूषण गरेर भोट माग्ने असैद्धान्तिक राक्षसहरु , जितेर गएपछि बाघ बन्नेरहेछन् ।
तस्बिरमा देखिएको एउटा पुरातात्त्विक पाटी हो । जुन कुनै समय बटुवाहरुलाई बस्न प्रयोग हुन्थ्यो । तर अहिले अत्यन्तै नाजुक अवस्थामा पुगेको छ । काभ्रेपलान्चोक जिल्लाको खोपासी रोड नजिकै भएको यो पाटीमा न कुनै स्थानीय बाघ( जनप्रतिनिधि) ले आँखा लगाउँछ न माथी बस्ने सिंह(सांसद/मन्त्री ) को दृष्टि पर्छ । बेहाल अवस्थामा रहेको यो सम्पदा संरक्षणको आशमा रोइरहेको छ । संबंधित पक्षको तुरुन्तै ध्यान जान आवश्यक छ ।