बैंकहरुले बोनस बाँडे,नागरिकहरुलाई दिएनन् राहत

Loading

बैंकहरुले बोनस बाँडे,नागरिकहरुलाई दिएनन् राहत ।

लकडाउनमा व्यवसाय खस्किए पनि केही बैंकले भने आफ्ना कर्मचारीलाई बोनस दिएका छन् । कोरोनाले व्यवसाय प्रभाव पारेपनि ती बैंकहरुले कर्मचारीको नियमित आउने बोनस भने रोकेका छैनन् ।

बैंक तथा वित्तीय संस्थाका कर्मचारीले प्रायः जसो आर्थिक वर्ष सकिएको भोलिपल्टै वा साउन पहिलो सातासम्म बोनस वितरण गर्ने गर्दथे । यस वर्षको साउनमा ७ वटा वाणिज्य बैंकले आफ्ना कर्मचारीलाई बोनस खातामा पठाइसकेका छन् ।

कोभिडकै कारण संस्थाको आम्दानी तथा नाफा घटे भए पनि कर्मचारीलाई ७ वटा बैंकले बोनस दिएका छन् । यसरी कर्मचारीलाई बोसन दिने बैंकमा सानिमा, नबिल, इन्भेस्टमेन्ट, मेगा, सिद्धार्थ, ग्लोवल आइएमई र प्रभु बैंक छन् ।

साथै कुमारी बैंकले भने कर्मचारीलाई हालसम्म बोनस वितरण नगरे पनि साउनभित्रै बोनस वितरण गर्ने योजना बनाएको बैंकका एक अधिकारीले बताए ।