निरोगी रहन प्रधानमन्त्री ओलिका पाँच टिप्स ।

Loading

निरोगी रहन प्रधानमन्त्री ओलिका पाँच टिप्स ।

सम्माननिय प्रधानमन्त्री के.पि. शर्मा ओलिले सोमबार राष्ट्रका नाममा सम्बोधन गर्ने क्रममा “हाम्रा पूर्वजहरूले हजारौं वर्षदेखि गहिरो अनुसन्धान गरेर प्रचलनको रूपमा हाम्रो भान्छामा प्रयोग हुँदै आएका ती औषधीय तत्वले रोगको प्रतिरोध क्षमता बढाउन बल पुर्याइरहेका छन्’ ” भन्दै स्वस्थ रहने 5 टिप्सहरु दिएका छन् ।

यस्ता छन् ओलिका ५ वटा टिप्स
१) यस महामारीसँग लड्दै निरोगी नेपाल निर्माणमा आपूmलाई तयार राख्न उपलब्ध आहारलाई स्वच्छ र सन्तुलित बनाऔं ।

२) लकडाउनको समयमा उपलब्ध फुर्सदलाई स्वस्थ रहन उपयोग गरौं । शारिरीक र स्वास प्रस्वासको चुस्तताको लागि घरैभित्र व्यायामलाई निरन्तरता दिऊँ ।

३) भाइरस फोहरमा रमाउँछ, आफ्नो शरीर र बासस्थान दुबैको सरसफाईमा एकदमै ध्यान दिऊँ ।

४) स्वस्थ रहनका लागि पर्याप्त आराम आवश्यक छ, यसमा ध्यान दिऊँ ।

५) उच्च मनोबल कायम राखौं । भय र त्रास, चिन्ता र आशंकाले रोग-व्याधीका विरुद्धको लडाईँमा कमजोर तुल्याउँछ ।