![]()
People’sNews/Abbulaish Ansari/Birgunj : वीरगंजमा उपचार नपाएर २० वर्षिया महिलाको ज्यान गएको छ । वीरगंज महानगरपालिका वडा नं २ छपकैया निवासी २० वर्षिय बिष्णु लामालाई उपचारकालागि कुनै पनि अस्पतालले भर्ना लिन नमान्दा २४ गते बिहान सवा २ बजे ज्यान गएको हो । उहाँलाई २१ गते देखी ज्वोरो आइरहेको थियो। ज्वारोको सामान्य औषधी घरमै ल्याएर खाएपछि केही दिन ठिक पनि भए तर २३ गते राती १० बजे बिरामीमा अच्चानक समस्या देखे पछि अस्पताल लगियो तर कुनै पनि अस्पतालले भर्ना गरेर उपचार गरिदिएनन। परिवाले उपचारका लागि ति महिलालाई पहिला बीरगंजको एडभान्स अस्पताल, तराई अस्पताल, भवानी अस्पताल, वयोधा अस्पताल, नेशनल मेडिकल कलेज शिक्षण अस्पताल लगियो तर कुनै पनि अस्पतालले भर्ना गरेर उपचार गर्न मानेन ।
अन्तिममा सरकारको मातहत रहेको नारायणी अस्पताल ल्याउदा नारायणी अस्पतालकै मातहतमा रहेको अस्थायी कोभिड अस्पताल संचालनमा रहेको वीरगंज हेल्थ केयर लैजान भन्यो । वीरगंज हेल्थ केयर अस्पताल पुर्याउदा हेल्थ केयर अस्पतालले कोभिड पुष्टि भएकाहरुको मात्र उपचार गर्ने भन्दैे भर्ना लिन मानेन। जनता समाजवादी पार्टीका पर्सा सचिव तवरेज अहमदले नारायणी अस्पताल मातहतमै रहेको गण्डक कोभिड अस्पतालका संयोजक डा. उदय नारायण सिंहसंग फोन सम्पर्क गरेर बिरामीको अवस्था बताएपछि गण्डक अस्पतालमा ल्याउन भनिएकोले रातको २ बजे बिरामीलाई अस्पताल पुर्याएको थियो । 

अस्पतालमा उनको भर्ना त भयो तर भर्नासंगै उनको प्राण पखेरु उडिसकेको थियो। अस्पताल भर्ना गरेर घर फर्किएका जसपाका जिल्ला सचिव तवरेज अहमदले घर पुग्ने बित्तिकै अस्पतालले लामालाई मृतक पुष्टि गरेको बताउनु भयो। अहमदले राती १० बजे देखी एडभान्स अस्पतालबाट शुरु भएको उपचार यात्रा बीरगंजका सबै अस्पतालको गोलचक्कार लाउदै गर्दा रातको २ बजेर १२ मिनेटमा जीवन यात्रा नै सकियोको देख्नु परेको बताउनु भयो ।

अस्पतालले कोरोना भाइरस परीक्षणका लागि उहाँको स्वाब संकलन गरेको छ । त्यसको रिपोर्ट आउन भने बाँकी छ । केही दिन पहिला यस्ता दुई घटना भएकोमा जिल्ला प्रशासन कार्यालय पर्साको ध्यानाकरषण समेत पुगेको थियो। जसकारण यसअघि जिल्ला प्रशासन कार्यालय पर्साले सबै निजी अस्पताललाई पत्राचार गर्दै कुनै पनि बिरामीलाई उपचार नगरेर नफर्काउन निर्देशन समेत दिएको थियो। तर पत्रचार को भने कुनै असर देखिएन जसकारण आज फेरि एउटा घटना थपियो। यस गतिविधि देखेर यस्ता हस्पिटलले संचालन गर्न पाएको प्रमाणपत्र समेत खारेज गरी हस्पिटल बन्द गराउन जनताले गुनासो राखेका छन् ।
You must be logged in to post a comment.