![]()
PeoplesNews/Abbulaish Ansari/Birgunj : नारायणी अस्पतालमा कार्यरत चिकित्सकसहितका स्वास्थ्यकर्मीहरुले सबै सेवा बन्द गर्ने चेतावनी दिएका छन् । अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. मदनकुमार उपाध्याय समक्ष आइतबार एउटा सामूहिक निवेदन दिँदै अस्पतालमा कार्यरत चिक्तिसक र अन्य स्वास्थ्यकर्मीले सेवा बन्द गर्ने चेतावनी दिँदै २४ घण्टे अल्टिमेटम दिएका हुन् ।
अहिलेको अवस्थामा काम गर्न असहज भएको भन्दै २४ घण्टा भित्र आवश्यक दक्ष जनशक्ति र स्रोत साधनको व्यवस्थापन गर्ने माग गर्दै अस्पतालमा कार्यरत २ सय ५० भन्दापनि बढी कर्मचारीहरुले मेसु डा। उपाध्यायलाई आज निवेदन दिएका थिए । आवश्यक जनशक्ति, श्रोत सादन र उचित जोखिम भत्ता जस्ता कुराका बारेमा संघ, प्रदेश, स्थानीय सरकार, स्थानीय प्रशासनलगायत अन्य सरोकारवाला निकायहरुसँग पटक(पटक पहल गर्दापनि कुनै सुनुवाई नभएको चिकित्सकहरुले आरोप लगाएका छन् ।
नारायणी अस्पतालका वरिष्ठ चिकित्सक एवम् संघका महासचिव डा। उदय नारायण सिंहले महिनौंदेखि सबै सरोकारवाला निकाय, प्रशासन र तिनै तहका सकरारसँग विभीन्न समयमा पहल गर्दापनि कुनै चासो नदेखाएको कारण आफूहरु अन्तिम समयमा आत्मसमर्पण गर्दै सेवा बन्द गर्ने स्थितिमा पुगेको बताए । उनले अस्पतालका मेसु मार्फत आफुहरुले २४ घण्टाको अलित्मेतम दिएको बताए । ‘सोमवार दिउँसो १ बजेसम्म आवश्यक तयारीको लागि २४ घण्टे अल्टिमेटम दिएका छौं, हाम्रो मागको सुनुवाई नभए विवस भएर सम्पूर्ण सेवा ठप्प गर्ने छौं ।
आइतबार बिहान उचित उपचारको माग गर्दै स्थानीयहरुले नारायणी अस्पताल अगाडी प्रदर्शन गर्दा नारायणी अस्पतालमा तोडफोड गरेका थिए । प्रदर्शनकारीहरुले चलाएको ढुङ्गा लाग्दा डा। उदय नारायण सिंहको निजि गाडीमा समेत क्षति पुगेको थियो । विगत ४ दिनमा तिनजना व्यक्तिले निजि र सरकारी अस्पतालको लापरवाहीका कारण ज्यान गुमाएको भन्दै स्थानीयहरु आन्दोलित भएका थिए ।
You must be logged in to post a comment.