![]()
भारतका पूर्व राष्ट्रपति प्रणव मुखर्जीलाई कोरोना सङ्क्रमण
भारतमा दिनानुदिन कोरोनका बिरामीहरु थपिएको समयमा भारतका पूर्वराष्ट्रपति प्रणव मुखर्जीलाई पनि कोरोना संक्रमण पुष्टि भएको छ ।
सोमबार दिउँसो मुखर्जी आफैंले ट्वीटरमार्फत आफूलाई कोरोना संक्रमण भएको औपचारिक जानकारी दिएका हुन् ।

उनले ट्विटरमा लेखेका छन्, ‘आज मेरो परीक्षणको नतिजा कोरोना पोजिटिभ आएको छ । पछिल्लो हप्ता मसँग भेटघाट गरेका जति पनि हुनुहुन्छ, उहाँहरू सबै अलग्गै बस्नुस् र कोभिड–१९ परीक्षण गराउनुस् ।’
You must be logged in to post a comment.