![]()
“जनता समाजवादी पार्टी” निर्वाचन आयोगमा दर्ता ।
जनता समाजवादी पार्टी निर्वाचन आयोगमा दर्ता भएको छ ।
राष्ट्रिय जनता पार्टी र समाजवादी पार्टी एक भएर बनेको यो पार्टीलाई निर्वाचन आयोगको बैठकले उक्त दल दर्ता गर्ने निर्णय पारित गरेको आयोगले जानकारी दिएको छ ।
निर्वाचन आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले बताएअनुसार ‘राजपा र समाजवादी पार्टी एकता भएर जनता समाजवादी पार्टी गठनको निवेदनअनुसार दल दर्ता गर्ने निर्णय भएको छ । जनता समाजवादी पार्टीलाई आयोगले प्रमाणपत्र दिने तयारी गरिरहेको पनि श्रेष्ठले जानकारी दिए । बिहीबारै वा शुक्रबार दल दर्ताको प्रमाणपत्र प्रदान गरिने पनि उनले बताए ।
वैशाख ११ गते दुबै पार्टीका नेताहरूले एकताका लागि निर्वाचन आयोगमा निवेदन दिएका थिए । सरकारले अध्यादेश ल्याएर दल विभाजन सजिलो हुने व्यवस्था गर्न लागेपछि दुवै दलले वैशाख १० गते राति एकताको घोषणा गरेका थिए ।