![]()
कोभिड-१९ विश्व स्वास्थ्य सङ्गठनले घोषणा गरेकामध्ये ‘सबैभन्दा गम्भीर विश्वव्यापी स्वास्थ्य सङ्कट’ भएको उसका प्रमुखले बताएका छन् । डा. टेड्रोस एड्हानोम गेहब्रेयससले महामारीबारे समीक्षा गर्नका लागि डब्ल्यूएचओको आपत्कालीन समितिको बैठक यसै साता पुनः बोलाउने बताए । यसअघि विश्व स्वास्थ्य सङ्गठनले अन्य पाँचवटा स्वास्थ्य सङ्कटकाल घोषणा गरिसकेको छः इबोला (दुई पटक), जीका, पोलियो र स्वाइन फ्लु । गत ज्यानुअरी महिनामा विश्वव्यापी स्वास्थ्य सङ्कटकाल घोषणा गरिएयता विश्वभरि एक करोड ६० लाखभन्दा बढी व्यक्ति सङ्क्रमित भइसकेका छन् भने साढे ६ लाखभन्दा बढी व्यक्तिको ज्यान गइसकेको छ ।
सुझाव : ज्यानुअरीको ३० तारिखमा मैले जनस्वास्थ्यमा अन्तर्राष्ट्रिय सङ्कटकालको घोषणा गर्दा चीनबाहिर सयवटा मात्रै कोरोनाभाइरस सङ्क्रमण देखिएको थियो, मृत्यु भएकै थिएन, टेड्रोसले भने । कोभिड-१९ ले हाम्रो विश्वलाई बदलिदिएको छ। त्यसले मानिसहरूलाई, समुदायहरूलाई र देशहरूलाई एकसाथ ल्याइदिएको छ र उनीहरूलाई अलग पनि पारिदिएको छ । विगत ६ हप्तामा कुल सङ्क्रमित सङ्ख्या सालाखाला दुई गुनाले बढेको उनले बताए । कोरोनाभाइरससँग जुझ्नका निम्ति विश्वले ठूलो प्रयत्न गरिरहे पनि अझै धेरै गर्न बाँकी रहेको टेड्रोसले उल्लेख गरे । विश्व स्वास्थ्य सङ्गठनको आपत्कालीन कार्यक्रमका निर्देशक माइक रायनले “भविष्यमा सीमाहरू बन्द राखिराख्न देशहरूका लागि लगभग असम्भव हुने” बताएका छन् । link