![]()
People’sNews ; यूकेको एउटा घरपालुवा बिरालोमा परीक्षणका क्रममा कोरोनाभाइरस सङ्क्रमण देखिएको छ । विज्ञहरूका अनुसार यूकेमा घरपालुवा जनावरमा कोरोनाभाइरस पुष्टि भएको यो पहिलो पटक हो । यद्यपि यसको अर्थ घरपालुवा जनावरबाट मानिसहरूमा सङ्क्रमण फैलिरहेको भन्ने नभएको उनीहरूको भनाइ छ । उक्त बिरालोमा त्यसका मालिकबाट सङ्क्रमण सरेको ठानिएको छ ।
सुझाव :बिरालोका मालिकमा कोरोनाभाइरस सङ्क्रमण देखिएको थियो। अहिले दुवै निको भइसकेका छन् । स्वास्थ्य अधिकारीहरूले यो एकदमै विरल घटना भएको र चिन्ताको विषय नभएको बताएका छन् । यूकेकी प्रमुख भेटेरिनरी अधिकारी क्रिस्टिन मिडलमिसले भनिन्, “यो एकदमै विरल घटना हो। सङ्क्रमित घरपालुवा जनावरमा हल्का खालका लक्षण देखिएका थिए र केही दिनभित्र निको भयो । घरपालुवा जनावरले मानवमा सिधै सङ्क्रमण सार्छन् भन्ने प्रमाण देखिएको छैन । “हामीले यसलाई नजिकबाट नियालिरहेका छौँ र स्थितिमा बदलाव देखिएमा हामीले घरपालुवा जनावर राख्नेहरूको हकमा आवश्यक निर्देशिका अद्यावधिक गर्नेछौँ,”उनले थपिन् ।