Skip to content
31 Jestha 2083
People's News…..
People's News…..
  • Home
  • समाचार
  • स्वास्थ्य
  • समाज
  • विचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • इतिहास
  • मनोरञ्जन
  • कृषि
  • अन्तर्वार्ता
  • LOGin

किन बारम्बार न्यायालयमाथि प्रश्न उठछ ? किन भ्रष्ट हुँदै न्यायालय ? के हो यसको सामाधान ?

July 28, 2020 by पिपुल्स न्युज

Loading

सर्वोच्च अदालतका हालैका दुई आदेशलाई लिएर नागरिक स्तरमा विरोध प्रकट भएपछि सबै न्यायाधीशहरूको पुनर्नियुक्ति गर्नुपर्ने आवाज उठेको छ।

People’sNews : प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको इजलासले श्रीमती हत्याका दोषी सशस्त्र प्रहरीका पूर्वडीआईजी रञ्जन कोइरालाको कैद सजाय घटाउने फैसला र सवारी दुर्घटनाको मुद्दामा अन्य दुई न्यायाधीशले प्रतिवादीलाई धरौटीमा छोड्ने आदेशको आलोचना भइरहेको छ । जनताले न्यायको आशा राख्ने अन्तिम निकायका निर्णयमाथि जनस्तरमा प्रश्न उठ्नु अस्वभाविक भएको भन्दै विज्ञहरू त्यसको छिटो समाधान खोज्नुपर्ने बताउँछन् । तर त्यस्तो समाधान न्यायाधीशहरूको पुनर्नियुक्ति नहुने केही विज्ञहरूको मत छ ।

के पुनर्नियुक्ति ठीक हो ? : संविधानविद् भीमार्जुन आचार्य न्यायाधीश सिफारिसमै समस्या देखिएकोले न्यायाधीशको पुनर्नियुक्ति गर्ने ‘कठोर निर्णय’ मा जानुपर्ने बताउँछन् । आचार्यले भने, “न्यायपालिकामा देखिएको समस्याको मुख्य जड भनेकै न्यायाधीश सिफारिसका बेला राजनीतिक भागबण्डाका आधारमा न्यायाधीशको चयन भएकोले हो । “त्यसलाई सच्याएर जानका लागि पुनर्नियुक्तिमा जानुको विकल्प छैन । तर पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठ र पूर्वन्यायाधीश बलराम केसी पुनर्नियुक्तिको प्रक्रिया सहि नहुने बताउँछन् । श्रेष्ठको विचारमा न्यायपालिकामा भइरहेका कमीकमजोरी केलाउनका लागि एउटा संयन्त्र गठन गरेर त्यसको सिफारिसको आधारमा न्यायपालिकामा सुधार गर्न सकिन्छ । उनले भने. “अहिले एकजनाले गरेको निर्णय यस्तो भयो त्यसैले पुनर्नियुक्ति गरौँ भन्नु ठीक होइन ।

एकपछि अर्को विवाद : विगतमा तीन पूर्वप्रधानन्यायाधीशहरू एकपछि अर्को विवादमा तानिएका थिए । पूर्वप्रधानन्यायाधीश गोपालप्रसाद पराजुली उमेर विवादका कारण बाहिरिए भने उनीपछिका प्रधानन्यायाधीश दीपकराज जोशीलाई संसदीय सुनुवाइ समितिले अनुमोदन गरेन । त्यसपछि प्रधानन्यायाधीश बनेका ओमप्रकाश मिश्र पनि केही आदेश र फैसलालाई लिएर विवादमा तानिए । त्यसपछि प्रधानन्यायाधीश बनेका जबरा अहिलेको फैसलाले विवादमा परेका छन् । सर्वोच्च अदालतका पूर्वन्यायाधीश बलराम केसी समग्र न्यायपालिकामाथि प्रश्न उठाउनु अस्वभाविक नभए पनि एकजना न्यायाधीशमाथि प्रश्न उठ्न नहुने बताउँछन् ।

समस्या कहाँ ? : न्यायाधीश नियुक्तिका बेला हुने छनौटमै समस्या भएको विज्ञहरू बताउँछन् । केसी भन्छन्, “समस्या न्याय परिषद्‌बाट न्यायाधीशको सिफारिस हुँदादेखि नै छ। त्यहीँ सुधार गर्नुपर्छ । “त्यसपछि संसदीय सुनुवाइले हेर्नुपर्‍यो । नियुक्त भइसकेकाको हकमा गलत देखिए महाभियोग लगाउने बाटो छँदैछ । प्रधानन्यायाधीश नेतृत्वको पाँच सदस्यीय न्याय परिषद्ले सर्वोच्च वा उच्च अदालतको न्यायाधीश सिफारिस गर्दा राजनीतिक भागबण्डाका आधारमा हुने गरेको भन्दै आलोचना हुने गरेका छन् । योग्यता पुगेका स्वतन्त्र व्यक्ति मात्रै न्यायाधीश हुने भनिएपनि पार्टीसँग सम्बद्ध रहेकैलाई न्यायाधीशमा सिफारिस गरिएको भन्दै आलोचना हुने गरेका छन् । विकृतिको अध्ययन गर्नुपर्छ . पूर्वप्रधानन्यायाधीश श्रेष्ठ भन्छन्, “न्यायपालिकामा थुप्रैपटक प्रश्नहरू उठेपछि समस्या कहाँकहाँ छन् भनेर सबैको समग्र अध्ययन गर्नुपर्छ । त्यसका लागि एउटा संयन्त्र बनाउने र त्यसकै सुझावका आधारमा काम गर्नुपर्छ । पूर्वन्यायाधीश केसी पनि न्यायाधीशहरूको पुनर्नियुक्ति ठीक नहुने तर्क गर्छन् । उनले पनि न्यायपालिकामा देखिएका विकृतिको समग्र अध्ययनका लागि ढिला भइसकेकाले एउटा स्वतन्त्र संयन्त्र बनाउनुपर्ने बताए । उनले भने, “संयन्त्र बनाएर त्यसको सुझाव अनुसार गर्दा हुन्छ। त्यस्तो संयन्त्रमा स्वतन्त्र, न्यायपालिकालाई बुझेका र युवा अनि अध्ययनशील व्यक्ति राख्नुपर्छ । link

Related

Categories समाचार
श्रीराम सुगर मिल इतिहासमा परिणत
घरपालुवा बिरालोमा पनि भेटिए कोरोना

Total News Site Visitor

8328887

Recent Post

  • निजी स्कुल र अस्पतालको सेवा लिने जनतामाथि बालेन सरकारको कर प्रहार
    By पिपुल्स न्युज
    In समाचार
    June 14, 2026
    No Comments
  • वालेन सरकारको कर आतंकको चपेटामा परे मौलिक हक प्राप्त गर्ने पनि
    By पिपुल्स न्युज
    In समाचार
    June 14, 2026
    No Comments
  • वालेन सरकारको कर आतंकको चपेटामा मौलिक हक प्राप्त गर्ने पनि
    By पिपुल्स न्युज
    In समाचार
    June 14, 2026
    No Comments
  • कुपोषणको मारमा नेपाल, अग्रपंक्तिमा मधेश
    By पिपुल्स न्युज
    In समाचार
    June 14, 2026
    No Comments
  • अनधिकृत रूपमा नेपाल प्रवेश गर्दै बंगलादेशी नागरिक
    By पिपुल्स न्युज
    In समाचार
    June 14, 2026
    No Comments
  • नक्कली शैक्षिक प्रमाणपत्र किनबेच गर्ने गिरोह सक्रिय, युवाको भविष्य जोखिममा
    By पिपुल्स न्युज
    In समाचार
    June 9, 2026
    No Comments
  • प्रधानमन्त्रीले माफी नमागेसम्म संसद् चल्न नदिने विपक्षीको चेतावनी
    By पिपुल्स न्युज
    In समाचार
    June 2, 2026
    No Comments
  • हिजो पनि आज पनि सेटिङमा नदी दोहन
    By पिपुल्स न्युज
    In समाचार
    June 2, 2026
    No Comments
  • आक्रमणमा पाँचजनाको मृत्यु ,४५ घाइते
    By पिपुल्स न्युज
    In समाचार
    June 2, 2026
    No Comments
  • अदालतको आदेशले राष्ट्रपतिलाई झट्का : रोकियो १.८ अर्ब
    By पिपुल्स न्युज
    In समाचार
    June 2, 2026
    No Comments
  • मन्त्रिपरिषद बैठकका चारवटा निर्णयहरू सार्वजनिक
    By पिपुल्स न्युज
    In समाचार
    June 2, 2026
    No Comments
  • सडकमा उत्रे कक्रोज
    By पिपुल्स न्युज
    In समाचार
    May 30, 2026
    No Comments
  • घातक बन्दै तराईको गर्मी
    By पिपुल्स न्युज
    In समाचार
    May 30, 2026
    No Comments
  • कुन-कुन स्थानमा हुनेछ वर्षा ?
    By Jwala Sharma
    In समाचार
    May 30, 2026
    No Comments
  • जनअपेक्षा अनुसारको बजेट ल्याउन सकेन : एमाले
    By पिपुल्स न्युज
    In समाचार
    May 30, 2026
    No Comments
  • पश्चिम बङ्गालमा सरकार परिबर्तन संगै रोहिंगयाका लागि नेपाल सुरक्षित स्थल
    By पिपुल्स न्युज
    In समाचार
    May 6, 2026
    No Comments
  • प्रश्न सोध्नुपर्ने मिडिणहरू ताली बजाउन थालेपछि जनताले सत्य सामाचार पाउदैन
    By पिपुल्स न्युज
    In विचार
    May 1, 2026
    No Comments
  • बालेन शाह सरकारका एक महिना काम भए वा सबै मिडियाबाजी मात्र
    By पिपुल्स न्युज
    In समाचार
    April 28, 2026
    No Comments
  • संसद्को नयाँ नियमले के रवि लामिछानेलाई निलम्बनबाट जोगाउँछ ?
    By पिपुल्स न्युज
    In समाचार
    April 28, 2026
    No Comments
  • गोलीकाण्डका सन्दिग्धविरुद्ध राष्ट्रपतिको हत्या प्रयास गरेको अभियोग
    By पिपुल्स न्युज
    In समाचार
    April 28, 2026
    No Comments
  • बिधुतिय गाडीमा भाडा नबढेको यातायातद्वारा जानकारी
    By पिपुल्स न्युज
    In समाचार
    April 21, 2026
    No Comments
2012 to 2026 © People's News Media Pvt. Ltd. (Head Office : Kathmandu, Nepal)