![]()
पिपुल्सन्युज/अवुलेश अन्सारी/विरगंज : कोरोना माहामारी खुकुलो पश्चात नक्कली नोटको कारोवार ह्वातै बढेको देखीन्छ यसै क्रम्मा प्रहरीले ठूलो परिमाणमा नेपाली र भारु नक्कली नोटसहित बाराको महागढीमाइ नगरपालिका–२ बरियापुरबाट तीन जनालाई पक्राउ गरेको छ । नक्कली नोट तथा लागुऔषध कारोबार हुँदैछ भन्ने विशेष सूचनाका आधारमा प्रहरीले छापा मार्दा एक जना भारतीय नागरिक सहित दुई जना नेपाली नागरिकलाई पक्राउ गरिएको लागुऔषध नियन्त्रण ब्युरोले जानकारी दिएको छ । ब्युरोका अनुसार भारत मोतीहारीका २५ वर्षीय सुधिरकुमार कुशवाह, बारा सिम्रनगढ–४ का २६ वर्षीय मनोज साह तेली र बाराकै आदर्श कोटवाल ६ का ३० वर्षीय नरेन्द्रप्रसाद कुशवाह पक्राउ परेका हुन् । उनीहरूका साथबाट नक्कली नेपाली रुपैयाँ १५ लाख ४४ हजार ४ सय र नक्कली भारतीय रुपैयाँ एक लाख ८३ हजार ६ ५० रुपैयाँ बरामद गरिएको ब्युरोले जनाएको छ । उनीहरूलाई जिल्ला प्रहरी कार्यालय बाराको हिरासतमा राखेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । बोरामा हालेको अवस्थामा उनीहरूबाट नक्कली नेपाली रुपैयाँ एक हजारका एक हजार ४७० वटा र एक सयका ७४४ वटा नोट फेला पारिएको थियो । नक्कली भारतीय रुपैयाँ ५ सयका २९७ वटा र ५० का ७०३ वटा फेला पारिएको ब्युरोले जनाएको छ । उनीहरूबाट ना. ५४ प ३८०५ नम्बरको मोटरसाइकल पनि बरामद गरिएको प्रहरीले जनाएको छ ।