देशै भरका सरकारी कर्मचारी चरम भ्रष्टाचारमा लिप्त

Loading

people’sNews/Rambabu Singh/Siraha : जलश्रोत तथा सिँचाई डिभिजन कार्यालय दिक्तेल खोटाङका प्रमुख नारायणकाजी श्रेष्ठलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले घुस सहित पक्राउ गरेको छ । प्रमुख श्रेष्ठलाई दिक्तेल रुपाकोट मझुवागढी–१ दिक्तेलस्थित जलश्रोत तथा सिँचाई डिभिजन कार्यालयसँगै रहेको निवासबाट नौ लाख ३४ हजार घुस सहित नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाइएको आयोगका प्रवक्ता प्रदीपकुमार कोईरालाले प्रेस विज्ञाप्तीमार्फत जानकारी दिएका छन् । जिल्लाकै एक निर्माणाधिन सिँचाई परियोजनाको बिल भुक्तानीका लागि घुस मागिरहेको सूचना एवं उजुरीका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय टंगाल काठमाडौंबाट खटिएको टोलीले कार्यालय प्रमुख श्रेष्ठलाई मंगलबार नौ लाख ३४ हजार घुससहित नियन्त्रणमा लिएको हो । ‘स्टीङ अपरेसन’का क्रममा पक्राउ परेका श्रेष्ठलाई जिल्ला अस्पतालमा लगेर स्वास्थ्य जाँच गरी अख्तियारको टोलीले काठमाडौं लगेका छन् । श्रेष्ठले सिँचाई योजनाको रकम प्रदेशबाट निकासा हुन ढिलाइ भइरहेको अवस्थामा ‘छिटो निकासाका लागि माथि रकम दिनुपर्ने’ भन्दै पटक–पटक बार्गेनिङ गर्दैआएको सेवाग्राहीको गुनासो छ । श्रेष्ठले अधिकांश योजनामा घुस माग्ने गरेका कारण सेवाग्राहीबाट अख्तियारमै उजुरी पुगेको जनाइएको छ । श्रेष्ठलाई नियन्त्रणमा लिनेक्रममा जलश्रोत तथा सिँचाई डिभिजन कार्यालय सिल गरेर अन्यलाई प्रवेशमा रोक लगाइएको थियो ।