पिएम : कुर्सी जोगाउन योजनावद्ध ढङ्गले प्रयोग गरिएको अस्त्र : रामबाबु सिंह

Loading

Peoples News : परराष्ट्र मन्त्रालयले प्रधानमन्त्री केपी शर्मा ओलीले राम जन्मभूमिबारे अभिव्यक्ति दिँदा अयोध्यालाई होच्याउने कुनै मनसाय नभएको बताएको छ । ‘प्रधानमन्त्रीको अभिव्यक्तिमा अयोध्याको महत्व र यसको साँस्कृतिक मूल्यलाई होच्याउन खोजिएको होइन,’ परराष्ट्र मन्त्रालयले मंगलबार एक विज्ञप्ति जारी गर्दै भनेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार राम नेपालमै जन्मेका र भारतले नक्कली जन्मभूमि बनाएको बताएका थिए । यहि बिषयमा काग्रेस सांसद गगन थापाले सामाजिक संजाल फेसबुकमा कडा प्रतिक्रिया दिएका छन् ।

आफ्नो कुर्सि जोगाउन जे पनि बोल्ने प्रधानमन्त्री ओलीबाट देश र लोकतन्त्र सुरक्षित हुन् सक्दैन त्यहि भएर ओलीलाई प्रधानमन्त्री पदबाट बिदा गर्नु पर्ने बताउदै थापाले गरेको पोस्ट यस्तो छ :-प्रधानमन्त्रीज्यूको अभिव्यक्तिमा प्रतिक्रिया देख्दा धेरैले”जे पनि बोल्ने”प्रमको पुरानै प्रवृत्ति हो र यो पनि उट्पट्याङ शैलीबाट आएको क्षणिक आवेगको रुपमा लिएको पाएँ । मेरो विचारमा-यो नेकपाको आन्तरिक किचलोमा प्रमले आफ्नो कुर्ची जोगाउन योजनावद्ध ढङ्गले उठाएको अस्त्र र राजनीतिक स्टन्ट हो । प्रमलाई राम्रोसंग थाहा छ;यस्तो अभिव्यक्ति दिँदा भारतबाट विविध प्रतिक्रिया आउँछ। त्यसका आधारमा देशभित्र उत्पन्न परिस्थितिको जगमा आफुलाई’कथित राष्ट्रवादी’बनाउने र पार्टीभित्रको विद्रोह थाम्ने कडीका रुपमा नै केपी ओलीबाट संवेदनशील विषयमा यस्ता असंगत अभिव्यक्ति आएको हो । 

यसले केपी ओली सत्ता स्वार्थका लागि जुनसुकै प्रपञ्च रच्न तयार रहेको प्रष्ट पार्छ।आफ्नो लागि राष्ट्रिय स्वार्थ समेत दाउमा राख्ने,प्रमको अराजनीतिक टिप्पणीको भार बोक्न स्वाभिमानी नेपाली अभिशप्त छैनौँ।यसलाई हल्का रुपमा नलिऔं। यस्ता योजनावद्ध राजनीतिक प्रपञ्चलाई पुरा हुन नदिऔं । प्रधानमन्त्रीज्यूले देशभित्र र बाहिर उत्तेजना ल्याउने नियतले अन्टसन्ट बोल्नुभएको हो । प्रत्युत्पादक भएपछि परराष्ट्रको वक्तव्य आयो। कुर्सी जोगाउन जे पनि बोल्ने र गर्ने प्रमबाट न देश सुरक्षित छ न लोकतन्त्र!नेकपाका साथीहरू ! राजनीतिक होइन भनेर नपन्छिनोस,अव खड्गप्रसाद ओलीलाई प्रमबाट बिदा गर्नोस् ।