सप्तकोशी न.पा. १४ लाख ९७ हजार ९७२ रुपैंया भुक्तनी हिनामिना : रामबाबु सिंह

Loading

पिपुल्स न्युज/रामबाबु सिंह/काठमाण्डौ असार । देश भरीका नगरपालिका यस कार्यमा हरेक क्षेत्र हरेक अवस्थामा च्रष्टाचार मै लिप्त रहेको देखिन्छ यस्तो हुनुमा नेपालको फितलो कानुनु र माथिल्लो तहबाटै संरक्षण समेत रहेको देखिन्छ । सप्तकोशी न. पा. संग गरेको सम्झौता अनुसार काम नगर्दा किन नगरपालिका मौन बसे काम सकिदा सम्म वा भुक्तानी गर्दा समेत किन नगरपालिकाको ध्यान गएन उक्त निमार्ण कार्य तिर भन्ने कुराको पनि छानविन हुने भनी अख्तियारले ठहर गरेकोछ ।

सप्तकोशी नगरपालिका सप्तरी वडा नं. २ मा निमार्ण भएका रोड निर्माण पश्चात उक्त रोड हरेक क्षेत्रबाट एक प्रकारको भ्रष्टाचार युक्त रहेको प्रष्ट हुन्छ । उक्त सडक मापदण्ड विपरीत गुणस्तरहीन काम गरेको भन्दै कार्यकारी अधिकृत र ठेकेदार कम्पनीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगद्धारा विशेष अदालतमा आरोपपत्र दायर भएको छ । उक्त आरोप मुद्दामा सप्ताकोशी न. पा.का निमित्त कार्यकारी अधिकृत राजेन्द्र प्रसाद दाहाल, इन्जिनियर सुदिप चौधरी र सव–इन्जिनियर रामकान्त चौधरीले कानूनी प्रक्रिया छलेर व्यापक हिनामिना गरी भ्रष्टाचार गरेको आयोगले ठहर गरेको छ ।

उक्त मुद्दामा प्रोप्राइटर राज कुमार यादव, नारायण प्रसाद यादव र सञ्चालक श्यामकान्त चौधरीले सप्तकोशी नगरपालिकासँग गरेको सम्झौता एवं मापदण्डअनुसारको कार्य नगरेको पनि अख्तियारको ठहर छ । यस मुद्दामा सुन्दर कन्स्ट्रक्सनका, शान्ति निर्माण सेवा, र भष्मरवि निर्माण सेवा मुछिएका छन् । एउटा सडक निमार्ण गर्न ३ ओटा कम्पनिको आवस्यक्ता पर्ने कुरा चाहि किन कसरी पारित भए भन्ने अवस्था हेर्दा पनि सप्तकोशी न.पा. माथि नै प्रश्न खडा भएको छ ।

सुन्दर कन्स्ट्रक्सनका प्रोप्राइटर राज कुमार यादव, शान्ति निर्माण सेवाका प्रोप्राइटर नारायण प्रसाद यादवले सप्तकोशी नगरपालिकाको चार लाख ९९ हजार ६४२, भष्मारवी निर्माण सेवाका सञ्चालक श्यामकान्त चौधरीले चार लाख ९८ हजार ६८८ नगरपालिकाको भुक्तानी आदेशानुसार भुक्तानी लिएर भ्रष्टाचार गरेको अख्तियारको ठहर छ । भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (१) को देहाय खण्ड (ग) बमोजिमको कसुर पुष्टि भएको भन्दै अख्तियारले हानिनोक्सानीको बिगो सहित उक्त रकम असुलको माग गर्दै विशेष अदालतमा आरोपपत्र दायर गरेको हो । अख्तियारका अनुसार नगरपालिकाले निर्माण व्यवसायीहरुलाई १४ लाख ९७ हजार ९७२ रुपैंया भुक्तानी गरी हिनामिना गरेको पाइएको हो ।s