![]()
Peoples News\Kalaiya : जिल्ला बारा मधेश गठबन्धनका स्वाराजी कार्यकर्ताले सिके राउतको एकतर्फी पार्टी निर्णयको कारण सामुहिक रुपमा गरे पार्टी परित्यागको घोषणा स्वराजीहरुको आरोप अनुसार सिके राउतले पार्टीको हरेक निर्ण आफुखुसी गरेको र आफु बाहेक हरेक सदस्यको उपस्थिती पार्टीमा अथहिन गराएकोले पनि पाटीृमा असन्तुष्टि बढदै गएको अवस्था थियो । सिके राउको पार्टी स्वतन्त्र मधेशको लागि लाखौ लाख जनता सकडमा उत्रिए र उनलाई साथ दिए । मधेशी जनातको मुक्ति र स्वतन्त्रताको लडाईमा छाती खोलेर अगाडी बढेका थियौ । स्वतन्त्र मधेशको नारा लगाएका सिके राउतलाई हामीले हरेक छन साथ दिएका थियौ तर केन्दीय कारागारबाटै सिके राउतले एकतर्फी तवरबाट नेता कार्यकर्तासंग बिना छलफल ११ बुंदे सहमती गरियो । ११ बुंदे निर्णय पछि लाहानमा बसेको केन्द्रीय समितिको बैठकमा पनि पार्टीका प्रभावशाली नेताहरुको निर्णय बिनै एकलौटी रुपमा पार्टी घोष्णा, नामाकरण, बिधान निर्माण सम्मको कार्य गरियो । राउतको यस किसिमको कार्यबाट केन्दीय समितिको नेता कार्यकर्ताहरु राउतको कदम प्रति असन्तुष्ट हुँदै गएका थिए । अध्यक्षको कदमको बिरोध गर्ने सदस्यहरुलाई पार्टीमा निष्कृय पादै सिके राउतद्धारा अरु सदस्य र कार्यकर्ताहरुलाई पार्टीको कालो सुचिमा राखे । जेलनेल भोगेका नेतालाई सिके राउतद्धारा पाखा लगाएको पनि देखियो तथा आफनो नातावादको चलन सिके राउतले पनि आफनो पार्टीमा स्थापित गर्यो । पार्टीको हरेक कार्यको मन बचन तथा कर्मले सधै तत्पर रहने सदस्यहरुलाई सिके राउतद्धारा हरेक क्षण हेपाहा प्रबृति देखायो जस कारण पार्टीमा चरम असन्तुष्टि उतपन्न हुँदै आइ रहेको थियो । यसै असन्तुष्टिका कारण पहिलो चरणमा कैलास महतो सहित ठुलो मात्रामा केन्द्रीय समितिबाट सदस्यहरुले पार्टी परित्याग गरे पश्चात २०७७ अषाढ २५ गते फेरी अर्को बज्रपातको सामना गर्नु पर्यो बारा जिल्लाको एक ठुलो समुहले साधारण सदस्य समेत नरहने गरि गरे पार्टी परित्यागको घोषणा .


असन्तुष्ट पक्षको अनुसार सिके राउतको एकल निर्णयको मानसिक्ताले पार्टी पुर्ण रुपले धरायसी हुने अवस्थामा पुगी सके पार्टीगत हरेक निर्णय उनको आफनो निजी स्वार्थ सरह नै हुने गरेको पाईयो । जस कारण पार्टीका जुझारु नेता कार्य कर्ताहरुले पार्टी परित्याग गरि सकेका छन् पाटीृको यसतो अवस्थामा पुरयाउने सिके राउतको संकिर्ण मानसिक्ता देखन सकिन्छ । जनमत पार्टी पनि विगतका पार्टीहरु जस्तै नातावाद क्रिपावादको चरम सम्भावना बोकेको पाटीको रुपमा चित्रण भै सकेकोले पनि जुझारु नेताहरु बसी रहन उचित ठानेनन । पहिलो चरणमा पार्टी परित्याग गरेका कैलाश महतो समुहले पनि सिकेको एकल निर्णयको कारण पार्टीमा बस्न नैतिक्ताले नदिएको जानकारी दिनु भयो ।
पहिलो चरणमा पार्टीबाट त्यती ठुलो मात्रामा जुझारु नेताहरु पार्टी परित्याग गर्दा पनि सिके राउतले पार्टी प्रति ध्यान नदिनुको कारणले पनि आगामी दिनमा पार्टी धराइसी हुने सम्भावना पनि उतिकै रहेको प्रष्ट छ । किे राउतको यसतै निर्णय क्षमता रही रहे आगामी दिनमा पार्टीमा कनै पनि सम्मानित नेताहरु नरहने पनि देखिन्छ । यो जानकारी सुजित कुशवाहाको फेसबुकवालबाट लिइएको हो
पार्टीपरित्याग गर्ने घोषणाको भिडियो हेर्न यस लिङ्कमा क्लिक गर्नु होस । Video
You must be logged in to post a comment.