एमसीसीको ५६ अर्ब रकम फिर्ता जाने कारणबाट त्रसित नेपालका नेता

Loading

Peoples News : पुर्व अर्थमन्त्री तथा नेपाली कांग्रेसका नेता डा रामशरण महतले चीन सरकारले ल्याएको बेल्ट एण्ड रोड इनिसिएटिभ (बीआरआई) अवधारणाभन्दा अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) नेपालको हितमा भएको बताएका छन् । उनले सत्तापक्षका केही नेताहरुको गलत नियतका कारण विगत लामो समयदेखि छलफल र गृहकार्य हुँदै आएको एमसीसीको ५६ अर्ब रकम फिर्ता जाने अवस्थामा पुगेको दावी गर्नुभयो । पत्रकार ऋषि धमलासँग कुरागर्दै कांग्रेस नेता महतले चीनको विआरआईभन्दा पनि एमसीसी नेपालको हितमा रहेको र एमसीसीमा नेपाललाई हानी हुने कुनै व्यवस्था नरहेको जिकिरसमेत गरे । केही पुर्वाग्रही व्यक्तिहरुको नियोजित गलत व्याख्याका कारण सर्वसाधारणमा भ्रम परेको बहकावमा विरोध भइरहेको उनको बुझाई छ । नेपालको उन्नतिका लागि एमसीसी परियोजना उपयुक्त भएको र यसमा भएका कुनैपनि सहमति एवं सर्तहरु नेपालको संविधान र कानूनभन्दा माथि नरहेको डा महतले दावी समेत गरे । एमसीसीमा भएको विवादका कारण अमेरिकालागयतका दातृ निकायसँगको सम्बन्धमा असर पुग्ने भन्दै महतले नेपाल सरकारले एमसीसीपारित नगरे कोरोना संक्रमणले आर्थिक संकटमा परेको अमेरिकालाई फाइदै हुने धारण राखे । उनले भने,‘विगत ७० वर्ष अगाडी देखि नेपाललाई सहयोग गर्दै आएको अमेरिकासँग सम्बन्ध विग्रियो भने विश्व बैंक, अन्तर्राष्ट्रिय मुद्रा कोष, एशियाली विकास बैंकलगायतका दर्जनौ सहयोगीहरु पनि नेपालबाट टाढिने संभावना हुन्छ । डा महतले संसदको विशेष अधिवेशन बोलाउने विषयमा पार्टीमा निर्णय नभएको भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीले हठातमा संसद अधिवेशन अन्त्य गर्नु गलत भएको बताए । संसदमा धेरै विधेयकहरु रोकिएका र धेरै विषयहरु विचाराधिन रहेपनि नेकपाको आन्तरिक कलहले गर्दा संसद अन्त्य हुनपुगेको उनको भनाई छ ।