स्कुलको मनपरि व्यवहार अविभावक त्रसित : मधुमाया यादव-महिला नेतृ (आप नेपाल)

Loading

Peoples News Birgunj : कोरोना माहामारीसंगै देश अति क्षिण अवस्थामा गए साथै विद्यार्थीहरुका लागि पनि कालो बर्षको रुपमा देखा परे देशको अर्थ व्यवस्था समेत धरायसी हुन पुगे । बिद्यार्थीहरुको भविष्य पुर्ण अन्धकारमा पुग्यो । कोरोनाको कारण देश ५ महिना देखि लकडाउनको मार खेपिरहदा सरकारले त्यस तर्फ कुनै खास ध्यान नदिदा सर्बसाधारण मारमा परेका छन् । कोरोना माहामारीका कारण सर्बसाधारणको आर्थिक अवस्था अति न्युन भएको अवस्थामा स्कुलहरुले भारि मात्रामा फि तिर्नु पर्ने बनाएका छन् । अविभावक स्कुलको यस कार्यबाट आतिएका छन् । ५ महिना देखि न पढाइ भएका छन् नत अरु केही तर स्कुलको भारी मात्राको विल अविभावक तर्सिएका छन् । स्कुलको यस कार्यको हरेक अविभावकले बिरोद्ध गरेका छन् । आम आदमी पार्टी नेपालको महिला नेतृ मधुमाया यादवको अनुसार जब सम्म स्कूल पूर्ण रुपमा खुलदैन अविभावकहरूले स्कूल फी तिर्न सकिदैन र मिल्दैन पनि। कोरोना वाइरसबाट लडिरहेको आम जनताहरूको आर्थिक स्थिति नाजुक भएको कारण र जब बच्चा पढाइ नै नगरी फी तिर्ने कुरै आउदैन । हो स्कूलहरुले सरकारसंग आग्रह गरी सहयोग लिनुपनि हुने तर सरकार पनि यस्तो अवस्थामा जनतालाई नै भार पर्ने गरि नियम ल्याउनु सरासर गलत हो । यस तर्फ सरकार तथा स्कुलले पनि विचार गर्नु पर्ने आवस्यक देखिन्छ ।