ओली आफै धामी आफै झाँक्री : असोक यादव आम आदमी पार्टी नेपाल

Loading

peoples News/Birgunj : असोक कुमार यादव अध्यक्ष आम आदमी पार्टी नेपाल प्रधानमन्त्री ओलीले सता जोगाउने उदेश्यका साथ देशमा आफनो कार्यकर्ताहरुद्धारा आफनो पक्षमा आन्दोलन गराइ झन कोरोना फैलाउदै छन् । कोरोनाको माहामरी जहाँ पदनप्रतिदिन उग्ररुप लिदै छन् त्यहाँ ओलीद्धारा आफनो पक्ष बलियो बनाउन नक्कली आन्दोलन श्रृजना गरी भेला गर्ने गरेकोले पनि कोरोना फैलिने सम्भावना तिब्र बढदै गएको छ । कोरोनाबाट बच्न जनतालाई समाजिक दुरी बनाई राख्न आदेश दिने तथा अर्को तर्फ बिना माक्स हजारोंको संख्यामा आन्दोलनको नाममा भीडभाड गराई जुलुस प्रदर्शन निकाल्नु देशमा खतरा निम्त्याई जनतालाई मार्न खोजेको हो कि भन्ने भान पनि हुन थालेकोछ । विश्व ब्यापी फैलिएको कोरोना वाइरसबाट विश्व नै रोईरहेको अवस्था छ । तर नेपालमा जनात भन्दा पनि सता सुखभोगका लागि नेपाली प्रधानमन्त्री प्रयासरत छ । आप नेपालको अध्यक्ष असोक कुमार यादवको भनाइ अनुसार पिएमको पक्षमा देश व्यापी भै रहेको आन्दोलन सुनियोजित नभइ आयोजित भएको आरोप लगाउनु भयो । उनको अनुसार देश भरी नै मासु र रक्सीको लोग दिएर जनातलाई आफनो पक्षमा नारा लगाउन लगाएका ओली आफनो सत्ता भोगकालागि जनतालाई कोरोनाको मृत्युको मुखमा पुरयाउने काम गरेका हुन । एकतिर जनतालाई माक्स लगाउने र समाजवादी दुरी बनाई राख्ने भन्ने र अर्को तर्फ बिना माक्स हजारों संख्यामा जुलुस प्रदर्शन गर्नलाई के भन्ने । यस्तो गतिविधि गर्ने प्रधानमन्त्री हाम्रो देशलाई चाहिएको छैन तुरुन्त राजीनामा दिनुपर्छ । पिएमले तत्काल राजिनामा नदिए देशमा ठुलो अनिष्ट हुन सक्ने छ ।