![]()
peoples news : नेपालमा विगत २४ घण्टामा थप २९३ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पुष्टि गरेको छ । यो वृद्धिसँगै आइतवार अपराह्णसम्म देशभरि पुष्टि भएका सङ्क्रमितको कुल सङ्ख्या १५,७८४ पुगेको छ । तीमध्ये ६,५४७ जना निको भएका छन् भने ३४ जनाको मृत्यु भएको मन्त्रालयको तथ्याङ्कले देखाएको छ । निको भएर घर फर्कनेहरूको कुल सङ्ख्या ६,५४७ पुगेको छ । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार अहिले आइसोलेशनमा भएका सङ्क्रमितको सङ्ख्या ९,२०३छ । क्वारन्टीनमा अहिले ३१,५७३ जना छन् । नेपालमा सर्वाधिक प्रदेश नं २ मा ४,१६० जना र प्रदेश नं ५ मा ३,९६८ जना रकोभिड-१९ भएका व्यक्ति भेटिएका छन् । सुदूरपश्चिम र कर्णाली प्रदेशमा पनि सङ्क्रमितको सङ्ख्या उल्लेख्य रूपमा बढिरहेको छ।नेपालमा कोरोनाभाइरस सङ्क्रमण असार २१ गते आइतवार अपराह्ण ४:३० बजेसम्मको
- तथ्याङ्क १५,७८४ कुल सङ्क्रमण १३२२४ घण्टामा घर फिर्ता
- विगत २४ घण्टामा पीसीआर परीक्षण ४,७१०
- सक्रिय सङ्क्रमित ९,२०३
- देशभरि क्वारन्टीनमा ३१,५७३
- अहिलेसम्म निको ६,५४७
- स्रोतः स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय